७ वैशाख २०८१ शुक्रबार
प्रवास

दलालले युएईमा अलपत्र पारेका २२ मध्ये १३ फर्काइए

युएईमा अलपत्र परेकाहरु नेपाल फर्कने क्रममा दुबई विमानस्थलमा। तस्विरः नारायण

युएई-दलालले विमानस्थल सेटिङ गरी भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ नेपालीमध्ये १३ जना बिहीबार नेपाल फर्किएका छन्। बिहीबार नेपाली दुताबास युएईले उनीहरुलाई फ्लाइ दुबईमार्फत मध्यान्ह १२ बजेको उडानबाट नेपाल पठाएको हो।

युएईको अजमानमा २२ जना नेपाली अलपत्र परेको समाचार नागरीकन्युजमा प्रकाशित भएपछि उनीहरुलाई एनआरएन युएईले सहयोग गरी गत सोमबार नेपाली दुताबास अबुधाबी पुर्‍याएको थियो। दुई महिना अघि काठमाडौंको धुम्बाराहीस्थित पान्डोरा ईनकर्पोरेसन प्रालिका कार्यकारी निर्देशक केशब थापा, रमेश कुँवर र दिनेश लामा मोक्ताङले प्रलोभनमा पारी भिजिट भिषामा युएई ल्याएका उनीहरुलाई अलपत्र परेका थिए।

अलपत्र परेका २२ जना पीडित बस्दै आएकाहरु दशैँको दिन मध्यरात कोठाबाट निकालिएका थिए। उनीहरु मध्यरातमा बास बस्न नपाएर अलपत्र परेको खबर पाएपछि एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले आफ्नै कम्पनीको कोठामा ल्याएर बस्ने व्यवस्था मिलाएका थिए।

अलपत्र परेका २२ जना पीडित बस्दै आएकाहरु दशैँको दिन मध्यरात कोठाबाट निकालिएका थिए। उनीहरु मध्यरातमा बास बस्न नपाएर अलपत्र परेको खबर पाएपछि एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले आफ्नै कम्पनीको कोठामा ल्याएर बस्ने व्यवस्था मिलाएका थिए।

भिजिट भिषामा युएई आएर अलपत्र पर्नेहरुमा सिन्धुपाल्चोकका फन्जो तमाङ, काभ्रेका नरेश तामाङ, बाग्लुङका राजु थापा, इन्द्र थापा, गोर्खाका उज्वल घले, विपिन कुवर, चन्द्र बहादुर गुरुङ, तनहुका ज्ञान बहादुर तामाङ, हेटौडाका भिम बहादुर बोमजन, सिमोन बोमजन, सुन्दर तामाङ,सुनिल राउत, दिपेन्द्र सम्देन, प्रकास मोक्ताङ, सुकुराम थिन, नवराज लो, सल्यानका कमल बुढाथोकी, बाकेका तुलसी प्रसाद शर्मा, नवलपरासीका कृष्ण भुजेल, मोरङका विष्णु कुमार खवास, धादिङका उत्तम तामाङ, राजु तामाङ र रुकुमका बाल कृष्ण ओली थिए। यीमध्ये अक्टुबर ६ मा पत्रकार र समाजसेवीहरुको सहयोगमा काभ्रेका नरेश तामाङ, र सिन्धुपाल्चोककी फुन्जो तामाङ नेपाल फर्किसकेका छन्।

बिहीबार नेपाल फर्कने १३ जना पिडितहरुमा बाग्लुङका राजु थापा, इन्द्र थापा, गोर्खाका चन्द्र बहादुर गुरुङ, तनहुका ज्ञान बहादुर तामाङ, हेटौडाका भिम बहादुर बोमजन, सुन्दर तामाङ,सुनिल राउत, दिपेन्द्र सम्देन, सुकुराम थिन, नवराज लो, सल्यानका कमल बुढाथोकी, बाकेका तुलसी प्रसाद शर्मा र नवलपरासीका कृष्ण भुजेल रहेका छन । नेपाली दुताबास युएईले बसाइँसराइका लागि अन्तर्राष्ट्रीय आप्रवासन संगठन नेपाल (International Organization for Migration- IOM) मार्फत् १४ जनाको टिकट उपलब्ध गराएको होर नेपाली दुताबास युएईका श्रम सहचारी हिरा कुमारी यादवले नागरीक न्युजसँग भनिन्, तीमध्ये हेटौँडाका सिमोन बोमजनको पासपोर्ट हराएको हुँदा नेपाल फर्कन पाएनन्।'

बाँकी रहेका अन्य चार जना मोरङका विष्णु कुमार खवास, धादिङका उत्तम तामाङ, राजु तामाङ र रुकुमका बाल कृष्ण ओलीलाई दलाल रमेश कुँवरले नेपाल पठाउने जिम्मा लिएका छन्। तर उनीहरुलाई दलालले नेपाल पठाएका छैनन्। पीडितमध्येकै हेटौडाका प्रकास मोक्ताङ र गोर्खाका उज्वल घले युएईमै जागिर पाएकाले यतै बसेका छन्। दुताबासको शरणमा रहेका २२ जना पीडितहरु नेपाल नफर्केसम्म बस्नको लागि व्यवस्था नेपाली दुताबास युएईले गरेको थियो। खानाको व्यवस्था एनआरएनए युएईले गर्दै आएको छ। आफूहरुलाई उद्दार गरी नेपाल पठाउन सहयोग गर्ने सबैलाई पीडितहरुले धन्यबाद दिएका छन्।

अलपत्र परेर नेपाल फ़र्किन लागेका १३ जना पीडितहरुलाई नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल र एनआरएन युएईमा युवा प्रतिनिधि नविन पौडेलले विदाई गरेका थिए।

प्रकाशित: २६ आश्विन २०७४ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App