coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

अमेरिकाबाट बाढीपीडितका लागि ५० लाख सहयोग

टेक्सास- नेपालको तराई क्षेत्रमा गएको बाढीपीडितका लागि गैरआवसीय नेपाली संघले आजदेखि सप्तरीमा राहात वितरण र स्वास्थ्य चौकी संचालनमा ल्याएको छ। जसका लागि आजै अमेरिकाज् क्षेत्रबाट क्षेत्रिय उपसंयोजक एसी शेर्पासहितको टोली नेपाल पुगी सप्तरीमा एनआरएनको सामुहिक कार्यक्रममा सहभागी भएकाे छ। अमेरिकाज् क्षेत्र अन्र्तगत अमेरिका र क्यानडामा गरी उठेको रकम करिब ५० हजार डलर (करिब ५० लाख रूपैयाँ) रहेको उपसंयोजक शेर्पाले बताए।

अमेरिकाज् क्षेत्रबाट तत्कालका लागि उठेको रकम पचास लाख रहेपनि अझै उठ्ने क्रम जारी रहेकोले एक लाख भन्दा बढी हुन सक्ने शेर्पाले बताए।
 

अमेरिकाज् क्षेत्रबाट तत्कालका लागि उठेको रकम पचास लाख रहेपनि अझै उठ्ने क्रम जारी रहेकोले एक लाख भन्दा बढी हुन सक्ने शेर्पाले बताए।
 
यसैगरी अमेरिकामा रहेर समाज सेवामा नमुना बनेको सामाजिक संस्था नेपाली समाज टेक्सासले एक गाला डिनर कार्यक्रम आयोजना गरी बाढी पीडितका लागि आर्थिक सहयोग जुटाएको छ। आयोजित कार्यक्रममा ४२ सय डलर उठेको अध्यक्ष कृष्ण लामीछानेले बताए।

सो कार्यक्रममा यति चेम्बर अफ कमर्शकातर्फबाट एक हजार एक डलर सहयोग रकम अध्यक्षले हस्तान्तरण गरेका थिए । समाजले हिजै टेक्सासमा मृत्यूभएकी एक महलिाको परिवारको सहयोग स्वरुप ११ हजार डलर पति कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरिएको नेपाली समाज टेक्सासका उपाध्यक्ष कमल सापकोटाले बताए । नेपाली समाज टेक्सासले विगत एक बर्षको बीचमा झण्डै एक करोड भन्दाबढी रकम विभिन्न घटनाका पीडितहरुलाई हस्तान्तरण गरिसकेको उपाध्यक्ष सापकोटाले बताए।  
 
गैरआवासीय नेपाली संघ अमेरिकाले बाढी पीडितका लागि गोफन्डबाट सहयोग रकम उठाएका थिए र उठाउने कार्य जारी छ। अमेरिकामा नेपाली जनसम्पर्क समितिले पनि बाढी पीडितका लागि रकम उठाएको संघका अध्यक्ष आनन्द विष्टले बताए। विष्टका अनुसार उपाध्यक्ष धर्म श्रेष्ठको संयोजकत्वमा सहयोग रकम उठाउने समिति निर्माण गरी रकम उठाउन थालिएको छ। 

प्रकाशित: ५ भाद्र २०७४ १८:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App