coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

नेविसंघका नेताहरु बाढीपीडितका लागि अमेरिकामा सहयोग जुटाउँदै

टेक्सास-नेपाल विधार्थी संघका अध्यक्ष नैनसिंह महर र महामन्त्री सरोज कुमार थापा नेपालका बाढीपीडितका लागि सहयोग जुटाउने अभियानमा जुटेका छन्। संयूक्त राष्ट्र संघको सष्टेनेवल डेभलपमेन्ट गोल अन्र्तगत समर युथ एसेम्भलीमा सहभागी हुन आउने क्रममा नेपालमा बढी पीडितका लागि सहयोग गर्न प्रस्ताव गरेको अध्यक्ष नैनसिह महरले बताए।

पहिलो पटक नेपाली विधार्थीको तर्फबाट संस्थागत रुपमा हामी यूएन एसेम्भलीमा भाग लिएर दिगो विकास, गुणस्तरीय शिक्षा र गरिबी निवारणको विषय प्रस्तुति गरेको र त्यही समयमा नेपालमा बढी र पहिरोले पर्याएको क्षतिको विषयमा राष्ट्र संघीय सभामा सहयोग प्रस्ताव गरिएको अध्यक्ष महर बताए।

सभामा चार दिन सहभागी भएर अमेरिकाको वासिंटन, न्यूयोर्क, टेक्सास र क्यालिफोनिया राज्यहरुमा पुगेका उनले जनसम्पर्क समितिमार्फत सहयोग संकलन गर्न आव्हान गरेका हुन्। राष्ट्रसंघको सभामा संघका नेताद्वय महर महामन्त्री सरोज कुमार थापाले नेपालमा भुकम्पले पुर्याएको क्षति र पुन:निर्माणको बारेमा प्रस्तुति दिएका थिए। 

संयुक्त राष्ट्र संघको युवा सम्मेलनमा भाग लिने क्रममा अमेरिका भ्रमणमा रहेका  नेपाल विद्यार्थी संघका अध्यक्ष नैंनसिंह महरले आफ्नो जन्मेको ठाउँप्रतिको प्रतिबद्धता अलि कम हुँदै गएको भन्दै अन्त केही गर्न नसके पनि आफू जन्मेको घर र पढेको प्राथमिक विद्यालयबाट सहयोगको सुरुआत गर्न प्रवासी नेपालीलाई आग्रह गरेका छन्। नेपाली जनसम्पर्क समिति ड्यालस  फोटवर्थ च्याप्टर र वेष्ट टेक्सस च्याप्टरद्धारा संयुक्तरुपमा ड्यालसमा आयोजित अन्तरक्रियामा बोल्दै नेपाल विद्यार्थी संघका अध्यक्ष महरले अहिले नेपालमा बाढीले तहस नहस बनाएको उल्लेख गर्दै सभापति महरले भनेँ, 'निकै हृदयविदारक अवस्था छ। यस्तो बेला हामी सबैले पहिले आफैँले सहयोगका लागि सहयोगी अभियान थाल्नुपर्छ।'

कार्यक्रममा नेपाल विद्यार्थी संघका महामन्त्री सरोजकुमार थापाले, आफ्नो व्यक्तिगत  करिअर अगाडि बढाउन जोड दिँदै नेपालमा आवश्यक परेको बेला सहयोग गर्न आग्रह गरे। महामन्त्री थापाले नेपालमा बाढीले पुरयाएको क्षति र अवस्थाका बारेमा संयुक्त राष्ट्र संघको युवा सम्मेलनमा पनि जानकारी दिने प्रयास गरिएको उल्लेख गर्दै नेपालका बाढी पीडितको सहयोगमा जुटनपनि आग्रह गरेका थिए।

कार्यक्रममा नेपाली जनसम्पर्क समितिका केद्रीय सदस्य तथा वेष्ट टेक्सस च्याप्टरका अध्यक्ष हरिबोल भण्डारीले नेपालमा डा. गोबिन्द केसीले गर्दै आएकाे आमरण अनसनको प्रसंग उल्लेख गर्दै चिकित्साक्षेत्रको विकृतिविरुद्धको लडाईमा नेपाली कांग्रेसले नेतृत्व लिनु पर्ने कुरामा जोड दिए।

कार्यक्रममा, नेपाल विद्यार्थी संघका अध्यक्षका विदेश मामिला सल्लाहकार डीबी सुनार, नेपाली जनसम्पर्क समितिका केद्रीय सदस्य तथा ड्यालस फोटवर्थ च्याप्टरका अध्यक्ष ज्ञानेन्द्रबहादु कार्की, नेपाली जनसम्पर्क समितिका केद्रीय सदस्य ओम भट्टराई, नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने, महासचिव कमल सत्याललगायतले मन्तव्य राखेका थिए। 

प्रकाशित: ५ भाद्र २०७४ १६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App