१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

एनआरएनए जापानको बरिष्ठ उपाध्यक्ष नबिन निउरे विजयी

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष नबिन निउरे लोकप्रिय मतले विजयी भएका छन्। 

सन् २०२३-२०२५ कार्यकालका लागि आज जापानमा भएको अनलाईन निर्वाचनबाट निउरे विजयी भएका हुन्।

निर्वाचन समितिका अनुसार निउरेले २९५५ मत प्राप्त गर्दा उपाध्यक्षका अन्य प्रत्यासीहरु सगीता अधिकारी १२२०,रामकृष्ण श्रेष्ठ ४९६ र राजकुमार अधिकारीले ७७७ मत प्राप्त गरे।

अध्यक्षमा विजयी भएका निउरे निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका थिए। एक दशक लामो समयदेखी एनआरएनए अभियानमा सक्रिय भएर लागेका निउरे उदयमान युवा व्यवसायी समेत हुन्।

‘अब २ वर्ष खटेर काम गर्नेछु’ विजय पश्चात नागरिक न्यूज संग कुरा गर्दै निउरेले भने, ’जापानबासी नेपालीले दुःख पर्दा हाम्रो एनआरएनए छदैछ नि भन्ने बनाउँछु।जापानबासी नेपालीको साझा संस्था बनाउन सकेको कोसिस गर्ने उनले बताए।

प्रकाशित: १४ श्रावण २०८० १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App