२३ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

प्रधानमन्त्रीको रोहवरमा एनआरएनए विनोद कुंवर समूहसंग सहमति

पूर्वअध्यक्ष शेष घलेद्वरा गठित गैरआवासीय नेपाली संघको विनोद कुंवर समूह विघटन गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व अर्थमन्त्री जनार्दन शर्मा र संघका कार्यकारी अध्यक्ष डा.बद्री केसीको उपस्थितिमा आइतबार वालुवाटारमा आयोजिक एक कार्यक्रमकाबीच भएको सहमतिमा सो समूहले पूर्वपदाधिकारीको हैसियत पाउने गरि समिति विघटन गरिएको हो।

सहमतिपत्रमा संघको तर्फबाट वार्ता समितिका संयोजक डिबी क्षेत्री र अर्को समूहबाट जानकी गुरुङले हस्ताक्षर गरेका छन्।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले सहमतिको संघभित्र उत्साह थपिएको बताए। उनले पछिल्लो सहमतिले ११ औं महाधिवेशन सहमतिमा हुने सुनिश्चित भएको बताए। उनले सहमतिलाई पूर्णरुपमा पालना गर्न सबै पक्षलाई सहयोगको लागि आग्रह गरे।

सहमति पछि क्षेत्री र गुरुङले एक विज्ञप्ति जारी गर्दै १० औं महाधिवेशनपछि दुईतिर अलग अलग क्रियाकलाप र एक अर्कामा आरोप प्रत्यारोपण गर्दै हिँडेको एनआरएनए अन्ततः एक ठाउँमा आएको जनाएका छन्।

विज्ञप्तिमा जसका लागि दुवै पक्षका नेतृत्वकर्ता वार्ता समितिहरूको मुख्य योगदान छ। विभाजनमा रहेको एनआरएनए अभियानलाई एक ठाउँमा ल्याउनको लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको आफ्नो तर्फबाट निकै भूमिका थियो। पूर्व अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा दुवै पक्षहरूबिच एकताको सहमति भएको छ। जसले गर्दा विभाजित भएको अभियान एक ठाउँमा आएको छ। यसले विदेशमा बस्ने नेपालीलाई खुसी बनाएको उल्लेख छ।

एकताबद्ध बनाउनको लागि वर्तमान अध्यक्ष डा बर्दी केसी,अध्यक्ष विनोद कुँवर,वार्ता समितिका संयोजक जानकी गुरुङ र डिबी क्षेत्री तथा उपाध्यक्ष आरके शर्माको उपस्थिति भएको थियो।

वार्ता समितिले विभाजित भएको एनआरएनएलाई एकताबद्ध बनाउनको लागि लागिपर्ने दुवै पक्षका पदाधिकारीहरू,पार्षदहरु, सञ्चारकर्मी तथा सरोकारवाला सबै पक्षप्रति आभार प्रकट गरेको छ।

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेन अक्टोवर महिनामा हुँदैछ।

प्रकाशित: ३ असार २०८० ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App