८ चैत्र २०८२ आइतबार
image/svg+xml
प्रवास

ढिलो आउने भयो आइ प्याड

क्यालिफोर्निया, बैशाख १ (एजेन्सी)- एप्पलको ट्याबलेट कम्प्युटिङ डिभाइस आइ प्याड अन्तर्राष्ट्रिय बजारमा आउन निर्धारित समय भन्दा एक महिना ढिला हुने भएको छ । अमेरिकामा आइप्याडको माग अप्रत्याशित रुपमा बढेको दाबी गर्दै एप्पलले आइप्याडलाई अरु देशमा पुर्याउन एक महिना ढिला हुने जनाएको हो । विश्लेषकहरुले भने बजारमा ल्याउने उपयुक्त समयको खोजी गर्दै एप्पलले त्यसो गरेको बताएका छन् ।


नयाँ घोषणा अनुसार विश्व बजारमा उपभोक्ताको हातमा मे महिनाकोअन्त्यमा मात्र आइप्याड पुग्नेछ । मे १० तारिख देखि मात्र अन्तर्राष्ट्रिय उपभोक्ताले अनलाइनमा आइप्याड अर्डर गर्न पाउने छन् । अमेरिकामा भने दुइ हप्ता अगाडि नै बजारमा आएको आइप्याड पहिलो दिनमै ३ लाख वटा बिकेको थियो । पहिलो हप्तामा अमेरिकामा ५ लाख आइप्याड बिक्री भएकोएप्पलले जनाएको छ ।

अमेरिकी बजारमा आइप्याडको पहिलो मोडलको मूल्य ४ सय ९९ डलर भए पनि युरोप र बाँकि विश्वको लागि मूल्य तय भइसकेको छैन । आइप्याड किन्ने अमेरिकी उपभोक्ताले आइप्याडमा सपोर्ट फिचर फितलो भएको गुनासो गरेका थिए ।

प्रकाशित: १ वैशाख २०६७ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App