७ वैशाख २०८१ शुक्रबार
प्रवास

अष्ट्रेलियामा हुने नेपाल महोत्सवमा साउथ अष्ट्रेलिया सरकार सहभागी हुने

अष्ट्रेलियाको एडिलेडमा हुने नेपाल महोत्सवमा साउथ अष्ट्रेलिया सरकारको प्रिमियर, मन्त्री, सहित विपक्षी नेताहरुको समेत उपस्थिति हुने भएको छ।

यही मार्च १८ मा अष्ट्रेलियाको एडिलेड शहरमा हुने नेपाल महोत्सवलाई राज्य सरकारले महत्व दिदै प्रिमियर, मन्त्री र विपक्षी दलका नेता सहभागी हुने भएका हुन्।

गैर आवासिय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा हुने महोत्सवमा प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसास्कृतिक मन्त्री जोबेटीशन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सीलको विपक्षी दलको उप नेता जिङ ली, संसद सदस्यहरु, विभिन्न नगरका मेयरहरुको उपस्थिति रहने अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाले बताइन्।

उनले साउथ अष्ट्रेलिया सरकारले नेपाल महोत्सवलाई निकै महत्व दिएको बताउदै नेपाली समुदायको अष्ट्रेलियामा उपस्थिति बढे संगै सरकार तथा दलहरुले चासो लिन थालेको बताइन्।

यसैगरी महोत्सवका लागि अष्ट्रेलियन डलर एक लाख देखी एक लाख विस हजार सम्म खर्च हुने अनुमान गरिएकोमा जसमा २२ हजार डलर साउथ अष्ट्रेलिया सरकारको डिपार्मेन्ट अफ प्रिमियर एण्ड क्याविनेटले सहयोग गर्ने भएको छ। लामाले सरकारबाट थप रकमका लागि पहल भैरहेको र बाकी रकम प्रायोजनहरुबाट संकलन हुने समेत जानकारी दिएकी छिन्।

लामाले १४ वटा समितिहरु गठन गरिएको र सो मार्फत कामलाई तिव्रता दिएको बताइन्। एक हप्ता भन्दा कम समय बाँकी हुदै गर्दा संयोजक लामाले नेपाल फेस्टिवल दुई दुई बर्षमा आउने नेपाली पर्व जस्तै भएकाले सबैले सहयोग गरिरहनु भएकाले महोत्सव भव्य हुने बताइन्।

स्थानीय म्यारियन काउन्सिलको हालैको स्थानिय निर्वाचनमा निर्वाचित काउन्सिलर समेत रहेकी लामाले सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट लोकप्रिय कलाकारहरु प्रकाश सपुत, प्रिति आले, टिका प्रसाई, देबेन्द्र बब्लु लगायत जाने भएका छन्। साथमा एडिलेडमा रहेका नेपाली कलाकारहरु समेतले प्रस्तुति दिनेछन्। उनले नेपाल महोत्सवबाट नेपाल र नेपाली कला संस्कृति अष्ट्रेलियामा रहेका बहुसांस्कृतिक विश्वलाई चिनाउने प्रयास गर्न लागेको समेत बताइन्।

एनआरएनए साउथ अष्ट्रेलियाका सचिव विनोद बानियाले तयारीहरुका बारेमा थप जानकारी दिदै मार्च १८ शनिबार विहान नेपाली झाकीहरु सहितको पदयात्रा हुने बताउदै साझ ९।३० बजे नेपाली गित यो मन त मेरो नेपालीको संगितमा आतसबाजी हुने जानकारी दिए।

सचिव बानियाले कार्यक्रमको आम एडिलेडवासी नेपालीहरुलाई आफ्ना विश्वविद्यालय वा कार्य क्षेत्रमा पनि व्यक्ति व्यक्तिमा प्रचार प्रसार गर्न अनुरोध गरेका छन्। कार्यक्रममा ४० बटा स्टल हुने जसमा १० बटा ठूला स्टल हुने बताए।  

मुख्य आर्कषणका रुपमा नेपालको विविधता झल्कने नेपाल हाउसको निर्माण गरिने भएको छ। जसमा नेपालका परम्परागत ढिकी जातो, भेषभुषा, हिमाल दृष्य समेटिएका फोटोहरु, त्यसै गरी धरहरा, पशुपति, स्वयम्भु लगायको डेमो समेत राखिने नेपाल हाउस निर्माण संयोजक गणेश पराजुलीले बताए।

मिडिया समवन्य समिति संयोजक नारायण खड्काले नेपाली बाहेकका अन्य भाषा भाषीका मिडिया तथा मुलधारका मिडियाहरुलाई समेत महोत्सवमा निमन्त्रणा आउने बताउदै महोत्सव नेपालको पर्यटन प्रबर्धनमा सहयोगी हुने बताए।

एनआरएनए साउथ अष्ट्रेलिया उपाध्यक्ष संजय पुरीले विगतका नेपाल फेस्टिवलहरुको चर्चा गर्दै प्रवासमा हुर्केको पुस्तालाई नेपाल चिनाउने समेत उद्देश्य रहेको बताए।

प्रकाशित: ३० फाल्गुन २०७९ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App