८ वैशाख २०८१ शनिबार
प्रवास

क्वात्रा सोमबार काठमाडौं आउने

भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा फागुन १ देखि ३ गतेसम्म नेपालको भ्रमणमा आउने भएका छन्। विदेश सचिवको कार्यभार सम्हालेपछि क्वात्राको नेपाल भ्रमण पहिलो हो। दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप काठमाडौं आउन लागेका हुन्। भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्ने जनाइएको छ।  

भारत र नेपालबीच सभ्यतागत एवं ऐतिहासिक सम्बन्ध रहेको जनाउँदै भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ।’ क्वात्रा भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने अवसर प्रदान गरेको पनि जनाइएको छ। क्वात्राले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको निमन्त्रणा दिनुका साथै दुई देशबीचका विभिन्न आयामका विषयमा पनि कुराकानी हुनेछ।

प्रकाशित: २८ माघ २०७९ ०१:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App