coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

युएसएआइडीकी प्रमुख पावर काठमाडौंमा

तस्बिर: प्रसन गुरुङ/नागरिक

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावर मंगलबार काठमाडौं आइपुगेकी छन्। उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन्। यस्तै राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन्।  

अमेरिकाका तर्फबाट सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेल नेपालको औपचारिक भ्रमणमा आएका थिए। पावरको भ्रमण त्यसयताको अमेरिकाका तर्फबाट सबैभन्दा उच्चस्तरीय भ्रमण हो। एक साताअघि मात्रै अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन्। नेपाल ओर्लिएपछि मंगलबारै पावरले परराष्ट्रमन्त्री विमला पौड्यालसँग भेटवार्ता गरेकी छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरूले नेपाल–अमेरिकाकाबीचको सम्बन्धका विविध विषयमा छलफल गरे। यसैगरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अति कम विकसित मुलुकबाट विकसित मुलुकका रूपमा स्तरोन्नति र अमेरिकी सरकारले उपलब्ध गराउने सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। यसैगरी पावरले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री विष्णु पौडेलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।  

६ करोड डलर सहयोग घोषणा

पावरले नेपाल सरकारलाई युएसएआइडीका माध्यमबाट थप करिब ६ करोड डलर सहयोग गर्ने घोषणा गरेकी छन्। उनले नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन ५ करोड ८५ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेकी हुन्। जुन ७ अर्ब नेपाली रूपैयाँभन्दा बढी हुन आउँछ।

प्रकाशित: २५ माघ २०७९ ०१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App