१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

अमेरिकामा मोबाइल एप्सबाटै नेपाली राहदानी बनाउन सकिने

न्यूयोर्क-अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले अमेरिकामा रहेका नेपालीहरुले मोबाइल एप्सका आधारमा अमेरिकामा रहेका नेपालीहरुले नेपाली राहदानी वनाउन सकिने व्यवस्था गरिएको बताएका छन्।  
 
अमेरिकाको मिजौरीमा एन्मा नासाको संयूक्त सम्मेलनलाई सम्बोधन गर्ने क्रममा राजदूत डा. कार्कीले भने दुतावासले चार वटा मोबाइल उपकरण बनाएको र ’यो सम्मेलन अवधिभर मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउनका लागि फोटो खिच्ने, फारम भर्ने देखि सम्पूर्ण काम यही हुन्छ र यो विवरण सिधै काठमाडौ पुग्छ ।’
अबदेखि पासपोर्टका लागि भरिएको फारम कुरियरवाट नेपाल पठाउनु नपर्ने भएको प्राप्त गर्न दुई तिहाई समय वचत हुनेसमेत राजदूतले जानकारी दिए । आन्मा र नासाको अनुरोधमा दुतवासले प्रदान गर्ने सम्पुर्ण सुविधा पनि सम्मेलन स्थलवाटै गर्ने व्यवस्था गरेको थियो । राहादानी बनाउन दुतावासमा नै धाउनु पर्ने र बेलैमा काम नहुँदा मर्कामा परेका नेपालीहरुले यस व्यवस्थाबाट राहात पाउने छन ।   
दुतावासले सम्मेलन अवधिभरका लागि अधिकृत वारेसनामा, नेपाल भिसा, पासपोर्ट लगायतका काम सम्मेलनस्थलबाटै सुविधा उपलब्ध गराइएको थियो । कार्कीले आफू राजदूत भएर आएपछि भएका उपलव्धिको बारेमा पनि उल्लेख गरेका थिए । 
 
गतबर्षको भूकम्पको नाममा उठेको रकम जताततै हिनामिना भैरहेको भन्ने समाचारहरु सार्वजनिक भैरहँदा अमेरिकाका लागि नेपाली राजदूत कार्कीले नेपाली दूतावासलाई प्राप्त सम्पूर्ण सहयोगको विवरण दूतावासको आधिकारिक बेवसाइटमा रहेको बताएका छन । सेन्ट लुईसस्थित मिजौरीमा एन्मा नासाको संयूक्त सम्मेलनलाई सम्बोधन गर्ने क्रममा  कार्कीले भने, 'दुतावासमा उपलब्ध भएको रकम सुरक्षित र पारदर्शी रहेको भन्दै जसजसले रकम उपलब्ध गराएका थिए सबैको सम्पुर्ण विवरण हेर्न बेवसाईटमा हेर्न सकिन्छ ।'
 
अमेरिकामा रहेका केहि संघसस्थाहरुले भूकम्पका बेला उठाएको रकम पारदर्शी नभएको समाचारहरु आई रहँदा दूताबासलाई बुझाएको रकमका बारेमा पनि अवस्था सार्वजनिक गर्न आवाज उठिरहेको थियो । भूकम्पका बेला थुप्रै संघ संस्थाहरुले रकम उठाएर दूतावासमा बुझाएका थिए । दूतावास आफ्नो आधिकारिक बेवसाईटमा सहयोग रकमसहित एक सय २५ जना व्यक्ति वा संस्थाको नाम सार्वजनिक गरेको छ । 
अमेरिका वस्ने नेपालीलाई टीपीएस दिनु पर्ने वारेमा राष्ट्रपति बाराक ओबामासँग अनुरोध गरेको र यसलाई औपचारिकता दिन लिखित रुपमा पनि अमेरिकी सरकारसँग आफुले आग्रह गरेको जानकारी समेत राजदूत कार्कीले दिए । 
उनले ६० भन्दा वढी नेपाली उत्पादनले अमेरिकी बजारमा भन्सार मुक्त प्रवेश पाउन सक्नु पनि आफ्नो कार्यकालको उपलव्धि भएको चर्चा गरे ।
एन्मा नासाकोका दुई दिनसम्म चलेको सम्मेलनमा ५ सय नेपालीको उपस्थिति रहेको थियो । नेपालबाट आएको १९७४ ब्याण्डले भरपुर मनोरन्जन दिलाएको थियो । सम्मेलनमा नेपालको राजनीतिक र आर्थिक सन्र्दभका साथै भुकम्प पछिको पुर्ननिर्माणमा गर्नुपर्ने सहयोगका विषयमा बृहत छलफल भएको थियो ।
 

प्रकाशित: २३ भाद्र २०७३ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App