१५ चैत्र २०८० बिहीबार
प्रवास

नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ।

मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई पाँचबुँदे ध्यानाकर्षण पत्र दिँदै एनआरएनए मकाउले सरकारकै पहलमा विप्रेषण ९रेमिट्यान्स० कम्पनी खोलिदिन आग्रह गरेको हो।

पैसा पठाउने वैधानिक विप्रेषण कम्पनी नहुँदा मकाउमा रहेका नेपाली हुण्डीको प्रयोग गर्न बाध्य भएको एनआरएनए मकाउको गुनासो छ।

एनआरएनए मकाउले हङकङको ट्रान्जिट भिसाको समस्या हल गर्न पनि सरकारसँग माग गरेको छ। नेपालदेखि मकाउसम्म सिधा हवाई सेवा नरहेको र हङकङमा ट्रान्जिट राहदानी लिनुपर्ने अवस्था रहेको कारण नेपाली कामदार समस्यामा परेको एनआरएनए मकाउको गुनासो छ।

एनआरएनए मकाउले नेपालदेखि मकाउसम्मको सिधा हवाई सम्पर्कको व्यवस्था गर्न माग गरेको छ। त्यस्तो भएमा नेपालदेखि मकाउमा जान र मकाउमा पर्यटक नेपाल आउन पनि सहज हुने विश्वास गरिएको छ।

प्रकाशित: १७ माघ २०७९ १६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App