४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
प्रवास

नेपाल–भारत संयुक्त सैन्य अभ्यास

नेपाली सेना र भारतीय सेनाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १६औं संस्करण शुक्रबारदेखि नेपालमा सुरु भएको छ। रूपन्देहीको सालझन्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सञ्चालित तालिमको मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथि यामप्रसाद ढकालले एक विशेष कार्यक्रमबीच शुभारम्भ गरेका छन्।  

दुई हप्तासम्म चल्ने संयुक्त सैन्य अभ्यासका क्रममा नेपाली सेना र भारतीय सेनाका सहभागीले अन्तर सैन्य युद्घ क्षमतालाई सुदृढ बनाउँदै प्रतिविद्रोह तथा मानवीय सहायता एवं विपद् राहत अपरेसनबारे अनुभव साटासाट गर्नेछन्।

अभ्यासका क्रममा दुवै सेनाले एकअर्काका हातहतियार, उपकरण, रणनीति र कार्यविधिबारे एकअर्कालाई परिचित गराउनेछन्। योे हिमाली भूभागमा प्रतिविद्रोह वातावरणमा काम गर्दा निकै उपयोगी साबित हुने जनाइएको छ। अभ्यासको दायरा र स्तरलाई थप वृद्घि गर्न दुवै सैन्य टोलीलाई मानवीय सहायता तथा विपद् राहत, हाई अल्टिच्युड वारफेर र जंगल वारफेर अपरेसनमा दक्ष बनाउने गरी अभ्यास गराइनेछ।  

तालिममा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना सैनिक सहभागी छन् भने भारतीय गोरखा रेजिमेन्टबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना भारतीय सैनिक सहभागी छन्। प्रतिविद्रोह वातावरणमा दुवै सेनाको प्रदर्शनलाई मान्यता दिन ४८ घन्टे कडा अभ्याससँगै पुस १४ गते संयुक्त सैन्य अभ्यास सम्पन्न हुनेछ। २०६७ सालदेखि नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको सूर्य किरणको १५औं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो।

प्रकाशित: २ पुस २०७९ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App