coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

चिनियाँ नागरिकबीच ‘ग्याङफाइट’मा एकको मृत्यु

राजधानी काठमाडौंको निकै व्यस्त बजार मानिन्छ, इन्द्रचोक। नेवारी समुदायको बाक्लो बस्ती रहेको इन्द्रचोक राजधानीको ऐतिहासिक बजार क्षेत्र पनि हो। विभिन्न ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाहरू घेरिएको यो बजारमा दैनिक हज्जारौं मानिस आउजाउ गर्छन्। यसकारण दिनभर बाक्लै भीड लाग्छ।  

यही व्यस्त बजारमा आइतबार बिहान ११ बजे फिल्मीशैलीमा ‘ग्याङफाइट’ भयो। त्यो पनि नेपाली नागरिकबीच होइन, चिनियाँ नागरिकबीचमा। जसमा तीनजना व्यक्ति सामेल रहेको देखाएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सुरुमा भनाभनमा उत्रिएका थिए। त्यही भनाभनपछि हात हालाहालको स्थितीमा पुगेर धारिलो हतियार (चक्कु) को प्रयोगसम्म पुगेको छ। एकजना व्यक्तिले दुईजनालाई धमाधम चक्कु प्रहार गरेर मरणासन्न अवस्थासम्म पुर्‍याएका छन्।  

धारिलो हतियार प्रहार गर्ने व्यक्ति ३७ वर्षीय फंग चंगयुन रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए। चंगयुनको प्रहारबाट घाइते हुनेमा ३२ वर्षीय लि चुवान र  २९ वर्षीय गान साउसिंग रहेको उनले बताए। साउसिंगको उपचारको क्रममा मृत्यु भएको छ।प्रहरीका अनुसार दुबैजना गम्भिर घाइते छन्। चुवानको पेटमा निकै गहिरो चोट लागेको छ। जसका कारण उनी बोल्नसक्ने अवस्थामा छैनन्। गानको पेट, छाती र टाउकोमा चोट पुगेको छ।  

घटनालगत्तै जनसेवा प्रहरी कार्यालय, न्युरोडबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेर वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा पु¥याएको जनाइएको छ। ‘घाइते दुबैजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ,’ एसपी मैनालीले भने, ‘हतियार प्रयोग गर्ने फंग चंगयुनलाई नियन्त्रणमा लिइसकेका छौं।’ 

प्रकाशित: १९ मंसिर २०७९ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App