ज्ञापनपत्रमा आयोजनाका कारण प्रभावित सडकमा पक्की पर्खाल र तटबन्ध निर्माण गर्नुपर्ने माग राखिएको छ। यस्तै प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार विकास, पानीका मुहान सुक्ने स्थानमा खानेपानी योजना निर्माण तथा विस्थापित पुराना घट्टको सट्टा नयाँ पानी घट्ट निर्माण गर्नुपर्ने मागमा उल्लेख छ। यसअघि मकरीगाडमा परम्परागत घट्ट थिए।
राष्ट्रिय जनमत पार्टीका केन्द्रीय नेता त्रिभुवनकुमार सिंह, दाँत रोग विशेषज्ञ डा. साकिल अहमदसहित ५ सय जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरूले विभिन्न राजनीतिक दल परित्याग गर्दै उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।
उनले भारतविरुद्ध सिरिज खेलेपछि सबै फम्यार्टबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सन्यास लिने घोषणा गरेकी हुन्। आठ पटक विश्वकप जितेकी उनी सफल महिला क्रिकेटरको रुपमा परिचित छिन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि र क्यानडा ‘५१ औं राज्य’ बन्न सक्छ भन्ने सोचाइको सामना गरिरहेका उनले अर्को एक दशकमा क्यानडाको गैर–अमेरिकी निर्यात दोब्बर बनाउने लक्ष्य राखेका छन्।