साविकको नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले समूहले सर्वोच्च अदालतको फैसलालाई मान्ने निर्णय गरेका छन्। सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले राजनीतिक फैसला गरेपनि आफूहरु अलग अलग भएर जाने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड आक्रण गर्नेलाई कानून संशोधन गरेर सार्वजनिक स्थलमा झुण्ड्याउने व्यवस्था गर्नुपर्ने बताएका छन। एसिड आक्राण गर्ने विरुद्ध कठोर कानूनको खाँचो औल्याउँदै मुख्यमन्त्री राउतले सार्वजनिक स्थलमा झुण्ड्याउने कानून ल्याउनुपर्ने जिकिर गरेका हुन।
काभ्रेपलाञ्चोकमा साविकको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) साइनबार्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखिएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय कार्यकर्ताहरुले प्रधानमन्त्री ओली र पूर्वm सञ्चार मन्त्री गोकुल बास्कोटाको फोटो समेत राखेर ब्यानर राखेर जिल्ला पार्टी कार्यालयलाई एमालेकरण गरेका हुन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले गलत बाटो लिएकाले आफूहरुले उनीहरुको साथ छोडेको बताएका छन्। सोमबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलनलाई कपिलवस्तुको शिवगढीमा सम्बोधन गर्दै विप्लवले आफूहरुलाई पद नपाएकाले प्रचण्ड र भट्टराईको साथ छोडेको बताएपनि तर वास्तवमा त्यस्तो नभएको बताए।