आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि केही क्षेत्रबाहेक उम्मेदवारको नाम टुंगो लगाउँदै उनले भनेका छन्, ‘आज(शनिबार)को सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ। नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्ने निर्णय गरियो।’