८ वैशाख २०८१ शनिबार
ब्लग

होली अघिको ओली ‘रङ्ग’

‘लुकेका पीडाहरु अक्सर ‘हरिया’ हुन्छन्’

फागु नजिकिदै गर्दा रङ्गको  चर्चा सामान्य हो। यसमा  रातो, गुलावी, पहेलो रङ्गको विशेष चर्चा हुन्छ।तर यति बेला नेपाली राजनीतिमा भने हरियो रङको विशेष चर्चा चलेको छ। मत्रपत्रको रङ्ग हरियो हुने निर्वाचन आयोगको  निर्णयमा ओलीले असहमत जनाउँदा यसको चर्चा थप चुलिदो छ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट महिला संघले मंगलबार आयोजना गरेको कार्यक्रममा त हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न समेत गरे।‘निर्वाचन आयोगले मत पत्रमा हरियो रङ्ग राख्ने भयो रे, किन राख्ने? यदि हो भने कुन हिसाबले राख्ने? यो धार्मिक हिसाबले राख्ने हो? कुन हिसाबले राख्ने हो?’ भन्दै निर्णयलाई सच्याउन आग्रह समेत गरे।

अध्यक्ष ओलीले नेपाली काँग्रेसले आफ्नो मतचिन्ह हरियो रङ्गको रहेको उल्लेख गर्दै सबैले हरियो रङ्ग देखुन् भन्ने सोचाइबाट मतपत्रमा हरियो रङ राख्ने निर्णय गरेको आरोप समते लगाए। यसका  विभिन्न प्रतिक्रिया आएका छन्।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले त ओलीलाई रङ्ग हैन ढंङ्ग पुर्याउन आग्रह समेत गरे। महामन्त्री शर्माले बिहिबार निर्वाचन आयोग मतपत्रमा कस्तो रङ्ग राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङ्गको विषयलाई लिएर पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा वहस गर्न नमिल्ने तर्क गरे।  

'कुन रङ्ग राखिएको छ भनेर रङ्गतर्फ भन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङ्गले कसैलाई पोल्दैन,’ शर्माले भने, ‘मतपत्रको रङ्ग हेरेर नतर्सिउं।’  

यता निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा मतदाता र गणकमैत्री भएकाले सेतो काजगमा हरियो रङका चुनाव चिह्नसहितका विवरण राखेर मतपत्र तयार गर्ने निर्णय भएको स्पष्ट पारेको छ।

मतपत्र र चुनाव चिह्नको रङका विषयमा उठेको प्रश्नको जिज्ञासामा आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले विगतका कतिपय निर्वाचनमा हरियो, कालो, नीलो र रातो चिह्न भएको मतपत्र प्रयोग हुँदै आएको जानकारी दिए।

अघिल्ला निर्वाचनमा पनि हरियो, नीलो, रातो र कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको अभ्यास भइरहेको आयोगको भनाइ छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसिले छपाइ गर्ने निर्णय गरेको सोमबार आयोजित पत्रकार भेटमा जानकारी दिइएको थियो।

ओलीले मतपत्रको रङ्गलाई लिएर गरिएको कमेन्टको सामाजिक सन्जालमा पनि खुबै चर्चा पाएको छ। ‘अब त उनले डाडाँकाडाँका हरियालीलाई पनि प्रश्न उठाउँने होलान्?, ‘सामाजिक संन्जालमा एक पाठकलले व्यंग गरेका छन्, ‘हरिया चस्माका पनि विरोध होला।’

प्रकाशित: २६ फाल्गुन २०७८ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App