८ वैशाख २०८१ शनिबार
ब्लग

फ्याँकिएका मालाहरू

नेपाली राजनीतिमा माला लगाएका थुप्रै तस्बिर हाबी हुँदै आएका छन्। अनुहार नै छोपिने गरी लगाएका मालाका तस्बीरलाई सर्वसधारणले  खासै रुचाउँदैनन्। त्यसैले यिनमा ‘लाइक’ भन्दा ‘डिसलाइक’ गर्ने छन्। कतिपयले त यस्ता मालायुक्त तस्बिरलाई नेपाली राजनीतिको अर्को एउटा कुरूप तस्बिर भन्दै यस्तो प्रवृत्तिलाई तिरस्कार गर्न समेत आग्रह गरे। 

यस्तै तस्बिर नियाल्दै गर्दा  मेरो नजर भने करीब डेढ दशक अघि वीरगन्जमा खिचिएको एउटा मालायुक्त तस्बिर मै  प¥यो। यसमा  स्थानीय बालबालीका  माला लगाएर मुस्कुराउँदै गरेको दृश्य छ। गलामा सयपत्री लगाउँदै गरेका यी बालकले यो   माला कुनै सम्मानमा पाएका भने होइनन्।  

त्यतिबेला  वीरगन्जको अलौस्थित सुक्खा बन्दरगाह उद्घाटन गर्न नेपाल र भारतका थुप्रै विशिष्ठ अतिथि आएका थिए। आयोजकले अतिथिको गलामा पनि त्यसैगरी माला  लगाइदिएका थिए जसरी  नेताहरूको गलामा लगाउने गर्छन्। मञ्चमा बसेका उनीहरूलाई बोझ भएर होला मञ्चको ठिक पछाडि  माला  फ्याँकेका थिए। जाहाँ स्थानीय बालबालिका खेल्दै थिए।

बालबालिकालाई के चाहियो। तिनै बोझिलो  माला उचाले र आफ्नै गलामा लगाए। माला लगाएपछि एकले अर्काको अनुहारमा हेर्दे मुस्कुराउन थाले। त्यहीमध्ये एक मुस्कान यो तस्बिर हो। मालामा मुस्कुराउँदै गरेका यी मासुम मुहारले मन निकै छोयो।  

गरिब परिवारका यी बालबालिका सम्भवत् त्यस ठाउँमा बाख्रा चराउन आएका थिए। माला लगाएका यी बालक अहिले कत्रा भए होलान्, थाहा छैन। यिनलाई खोज्ने प्रयास पनि गरेको थिए तर भेटिएका छैनन्।

यस बीचमा तराईमा पनि विभिन्न चरणमा चुनाव भए। विभिन्न व्यक्ति विभिन्न पदमा निर्वाचित भए। उनी या उनको समुदायका मानिसको जीवनचर्या फेरियो कि फेरिएन त्यो पनि बुझ्न पाएको छैन।

फागुनको पहिलो साता वीरगञ्ज क्षेत्रमा पुग्दा मधेशमा सोचेजति  परिवर्तन भएको भेटिएन। स्थानीय तहको चुनावमा  पिछडिएका वर्ग नचुनिएका होइनन्। तर, प्रमुख स्थानमा भने अझै उनीहरूले स्थान पाएको देखिएन। मालाहरू फेरि पनि ठूला गर्दनमा मात्र सीमित भएको जस्तो भान हुन्थ्यो।

गाउँमा बालबालिका अझै बाख्रा चराउँदै छन्। विद्यालयको भौतिक संरचना फेरिए पनि विद्यार्थीहरू आकर्षित हुन सकेका छैनन्। मधेशका युवा कि त रोजगारीका लागि छिमेकी भारत  हिंडेका छन्। कि त खाडी मुलुकमा लाइन लागेका छन्।

तस्बिरमा देखिएका यी बालक जो मधेशको प्रतिनिधि पात्र हुन्। उनको तस्बिर नियाल्दै गर्दा मनमा अनेक विचार आए। यी बालकहरू विकास र समृद्धिको साझा मालामा उनिए मात्र  साँचो अर्थमा उनीहरूले फेकिएका हैन, सम्मानको माला लगाउँने छन्।

प्रकाशित: २३ फाल्गुन २०७८ ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App