७ वैशाख २०८१ शुक्रबार
ब्लग

फुटको बाटोमा ‘मिलन’

ठूलाका विकृतिबाट सिकेर सानोलाई नमूना बनाउने भन्थे, जुट, टुट र फूटमा त पुरानालाई नै जित्ने देखियो!

सामाजिक सन्जालमा शिव दाहालले लेखेजस्तै अरुभन्दा भिन्नै बन्ने दाबी गरेको विवेकशील साझा पार्टी फुटको संघारमा पुगेको छ। संयोजक मिलन पाण्डे र अध्यक्ष रवीन्द्र मिश्रले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक बोलाएसँगै २०७७ मंसिरमा ‘मिलन’ भएको विवेकशील र साझा पार्टी फुटको संघारमा पुगेका हुन्।  

माला बनेर बिजयी बन्ने अपार संभावना रहेको फूल फुल्नु अगाडि नै चुडिँएको छ। फूल सधैँ पराई हातले मात्र हैन, आफ्नै अहम्ले पनि चुडिँदो रहेछ। विवेकशील साझाको अहिलेको अवस्था यस्तै देखिन्छ ।  

भदौरे भेलजस्तै पार्टी फुटको लहर नै चलेको महिनामा टुटफुट कुनै नौलो होइन्। तर नौलो काम गर्ने भन्दै नयाँपुस्तालाई डोराउने अभिभारा बोकेका पार्टी नै पुरानै शैलीमा प्रकट हुदा नयाँ मन कुडिएका छन्। त्यसैले पनि  उनीहरुमा ती पार्टीप्रतिको आक्रोसभन्दा पनि नयाँ संभावनाप्रतिको निराशा बढी झल्केको छ। किनकी, नागरिकका आशा र संभावनाको मिलनको रुपमा हेरिएको थियो, बैकलल्पिक धारलाई।

एउटा भनाइ छ– ‘नसक्नेले भिरमा फलेको फर्सी नटिप्नु।’  किनकी टिप्ने गतिलो परेन भने फर्सी खसेर फुट्ने छ। भोलि फेरि सक्नेले टिप्ने संभावना कम रहन्छ। त्यस्तै भएको छ, अहिलेको बैकल्पिक राजनीति । बैकल्पिक धार धारिलो नहुँदै बुच्चिन थालेको छ। पुराना दलबाट वाक्क भएका सर्वसाधरणले देखेको नयाँ विकल्प त्यही भिरको फर्सी टिप्ने व्यक्तिजस्तो भएको छ। डर उसले सकेन भन्ने हैन। डर सक्नेले फेरि लामो मौका पर्खनु पर्ने अवस्था रह्यो।  

भदौरे भेलजस्तै पार्टी फुटको लहर नै चलेको महिनामा टुटफुट कुनै नौलो होइन्। तर नौलो काम गर्ने भन्दै नयाँ पुस्तालाई डोराउने अभिभारा बोकेका पार्टी नै पुरानै शैलीमा प्रकट हुदा नयाँ मन कुडिएका छन्।  

माला बनेर बिजयी बन्ने अपार संभावना रहेको फूल फुल्नु अगाडि नै चुडिँएको छ। फूल सधैँ पराई हातले मात्र हैन, आफ्नै अहम्ले पनि चुडिँदो रहेछ। विवेकशील साझाको अहिलेको अवस्था यस्तै देखिन्छ ।  

भन्नलाई ‘पार्टीमा सिर्जना भएको वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोध र त्यसको निकास’बारे छलफल गर्ने भन्दै बैठक डाकएको छ। तर सारमा यो  गाठो फुकाउनेभन्दा पनि चुडाल्न अभिप्रेरित छ। बैठकमा एजेण्डा नमिलेको भन्दै फरकफरक बैठक डाकिएपछि ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति भएर एक भएको पार्टी महाधिवेशन नहुँदै  फुटको संघारमा देखिन पुग्यो ।  

विवेकशील साझा पार्टीमा पछिल्लोपटक अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहसहितको विचार अगाडि सारेका थिए। तर त्यसमा असहमति जनाउँदै  संयोजक पाण्डे लगायतका नेताहरूले अर्को प्रस्ताव छलफलका लागि ल्याएका थिए। हो,  विभाजनको  रेखा यहि कोरिएको थियो।  

पहिला पनि(२०७५) टुटको स्वाद चाखिसकेको यो पार्टीलाई फुटको लत लाग्यो भने त्योअचम्म हुने छैन।

पार्टीका अध्यक्षले ‘मार्ग परिवर्तन’ गर्नु भएको कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएकोले संयोजकलाई दिएको अधिकार प्रयोग गरी विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक आव्हान गरेको पाण्डेले उल्लेख गरेका छन्। तर प्रवक्ता शरदराज पाठकले भने संयोजक पाण्डेले आफूखुसी एजेन्डा तय गरेर केन्द्रीय समिति बैठक राखेको बताउँदै संयोजकलाई बैठक बोलाउने अधिकार नरहेको सुनाउँछन्।  

बैठक अगाडिनै चर्कोस्वर गरेका यो पार्टीमा निकास निकाल्नका लागि अध्यक्ष र संयोजकले बोला्एको बैठकले नतिजा के निकाल्ने हो त्यो हेर्न बाकी नै छ। तर पहिला पनि(२०७५) टुटको स्वाद चाखिसकेको यो पार्टीलाई फुटको लत लाग्यो भने त्यो अचम्म हुने छैन।

प्रकाशित: १५ भाद्र २०७८ ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App