१५ चैत्र २०८० बिहीबार
ब्लग

देशलाई पर्दा किन नमिलेको ?

राजनीतिमा कोही स्थायी सत्रु र मित्र हुँदैन भन्ने भनाई मुलुकको पछिल्लो राजनीतिमा प्रष्ट देखिएको छ। तर मुलुकको दुर्भाग्य भनौ, उनीहरु आफूलाई पर्दामात्र यसरी मिले । देशको लागि यसअघि उनीहरु यसरी कहिल्यै मिलेनन् ।  

आफूलाई परेर र त होला, मधेशका सत्रु भनेर आरोप लगाइएका प्रम ओलीसंग मधेशका मसिहा भनेर चिनिएका महन्थ ठाकुरको दोस्ती गहिरिएको छ । दोस्तीको गहिराई र राज माध्यरातको  चियाको बाफसंगै उडिरहेको छ । एक अर्कालाई गालि गरेर नथाक्ने दुवै पक्षका नेतृत्व यति बेला एक अर्काको तारिफमा व्यस्त छन् । 

सवाल उनीहरु किन मिले भन्ने हैन । सवाल उनीहरु आफूलाई पर्दा मात्र मिल्ने अनि देशलाई पर्दा चाहि किन नमिलेको भन्ने हो । हिमाल, पाहाड तराई सवै मिलेर हिँडेको देख्दा निकै राम्रो लाग्छ ।सर्वोच्चमा लागेको लाइन र सरकारमा जान लागेको लाइन साच्चिकै सुन्दर छ । 

यो दोस्ती सरकारमा सहभागी हुने चाल अनि कसैको उक्साहटमा भएको अनुमान गरिँदै छ । त्यस्तै सत्ता लम्बाउने खेल अनि आगामी चुनावमा फेरि सत्तामा पुग्ने भ्रयागंको रुपमा हेरिँदै छ । भन्दा मधेशको हित र स्थिरताको लागि भन्निछ तर सारमा यसले मुलुकलाई अस्थिरता तर्फ लाँदै गरेको महसुस हुन्छ । 

अनि यता टाउकोको मूल्य तोकेका प्रचण्डसंगै टाउको जोडेर सोमबार सर्वोच्चमा रिट हाल्न पुगेका देउवाको तस्बिर आफैमा अनौठाे छ । अझ त्यसमा पनि गौरकाण्डमा आरोप लगाइएका उपेन्द्र यादव अनि आफैलाई आरोप लगाउँदै पार्टी परित्याग गरेका बाबुरामसंग कुम जोड्दै प्रचण्ड हिँडेको दृश्य पनि गज्जवको  देखिन्छ ।  

यो भन्दा झनै सुन्दर देखिन्थ्यो यो लाइन –यदि यो मुलुकको हित, जनताको स्वास्थ्य र समृद्धीको लागि निस्वार्थ भाव लिएर लागेको भए ।

भन्नलाई त उनीहरु संविधानको रक्षार्थ भन्छन् ।  माग देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने छ । त्यसैले उनीहरुको भनाई पनि त्यति पत्यार लाग्दैन । किनकी  लोकतन्त्र र  मुलुकका लागि उनीहरुले विगतका गरेका कामकारवाहीबाट जनता जानकार नै छन् । उनीहरु सवै पटक पटक सत्तामा पुगेका छन् । तर लोकतन्त्र मजबुत बनाउनेतर्फ हैन कमजोर बनाउन तर्फ लागेको जगजाहेर छ ।  

सवाल उनीहरु किन मिले भन्ने हैन । सवाल उनीहरु आफूलाई पर्दा मात्र मिल्ने अनि देशलाई पर्दा चाहि किन नमिलेको भन्ने हो । हिमाल, पाहाड तराई सवै मिलेर हिँडेको देख्दा निकै राम्रो लाग्छ ।सर्वोच्चमा लागेको लाइन र सरकारमा जान लागेको लाइन साच्चिकै सुन्दर छ ।

यो भन्दा झनै सुन्दर देखिन्थ्यो यो लाइन–यदि यो मुलुकको हित,  जनताको स्वास्थ्य र समृद्धीको लागि निस्वार्थ भाव बोकेको भए । कोभिडविरुद्धको संघर्षमा एक भएको भए अनि देशमा बढ्दो बेतिथी र अत्याचारको विरुद्ध लागेको भए ।

प्रकाशित: १० जेष्ठ २०७८ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App