१६ चैत्र २०८० शुक्रबार
ब्लग

'यो समयमा श्रृजना रोपौं'

आहाँ! कति राम्रो हरियाली सहर। यस्तो पो सहर जहाँ जो कोहीलाई फूलैफूलले स्वागत गरोस्। आहाँ फूलैफूको मौसम। हरियाली वाताहरुणको मौसम यो ऋतुहरुसँगको प्रेम र  सामिप्यता अझै प्रगाढ बन्दैछ। थरिथरिका फूलहरु फुलेका छन्। थरिथरिकै सुगन्धले मनै आनन्दित तुल्याउँछन्। गोदावरीको मीठो बासनाले मनै तरंगित हुन्छ। 

सायद यो कोलाहलको सहरमा माथि भनेको कुराहरुको अनुभूति गर्न पाउँदैन थिए होला कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमणले देश लकडाउनमा नभएको भए। विश्वका अधिकांश देशहरूमा यो भाइरसको संक्रमण देखिएको छ।नेपालमा पनि यसबाट बच्न सरकारले लकडाउन गरेको छ। काठमाण्डौँ यस्तो सहर हो जहाँ मानिसको चापले सडकनै निस्सासिने गर्दथ्यो। अहिले यी सडकमा ट्राफिक प्रहरी र केही अत्यावश्यक सवारी साधन मात्रै देखिन्छन्। 

सवारीको चापले दिनहुँ दुर्घटनामा मानिसले ज्यान गुमाउथ्य। हरेकदिन रेडियो, टेलिभिजन, अनलाइन तथा पत्रपत्रिकामा यसै बिषयको समाचार छापिने गथ्र्यो।  तर अहिले सवारी दुर्घटनाका समाचारहरु अपवाद बाहेक सुनिदैन। 

विद्यालय, कलेजहरू, लामो दुरीका सवारी साधन, हवाइ उडानहरु सबै बन्द छन्। सडक पनि मस्त निदाउन पाएकै छ। सर्वसाधारणको हिंडडुल बन्द जस्तै भएको छ। आम मानिसको दैनिकी र दिनचर्या बदलिएको छ। ......

यो समयआफूलाई मन परेको पुस्तक पढ्नु पर्छ। आफुलाई मनपर्ने गीत सुनेर आनन्दित हुनुपर्छ। मन परेका फिल्महरु पनि हेर्न सकिन्छ।  विश्वप्रसिद्ध आख्यान तथा गैर आख्यानको अध्ययन गर्न पनि सकिन्छ। लेखन कला नभएकाहरुले पनि यो समयमा लेख्न सिक्ने अवसर नै हो।

धेरै मानिसलाई कोरोनाले सरसफाइमा ध्यान दिन सिकाएको छ। भन्नलाई स्वास्थ्य नै सबैभन्दा ठूलो धन भने पनि मानिसहरु त्इतिसचेत थिएनन्। तर अहिले धेरैले सरसफाइलाई ध्यान दिएका छन्। के यो महामारीले सिकाएको एउटा पाठ होइन र ?

यो समयमा मनकारी मनहरुले दुखमा परेकाहरुलाई सहयोग गर्नुपर्छ। आफुले मात्र खाएर हुँदैन। कोचिकोचि खानेहरुले पनि विज्ञानले भनेको जस्तै भोक लागेपछि बस भोकै उठ भन्ने कुरालाई मनन् गर्नुपर्छ। एक पटक सोच्नुहोस् त तपाइले मन नलगाई नलगाई खाएको कुरा भोका पेटहरुमा पर्दो हो त कति मिठो मानेर खाने थिए होला। हामी मानव हौ। मानवअंिहंसाको पुजारी बन्न सक्नुपर्छ। एक अर्कोलाई दुखपर्दा सधै सकेको सहयोग गर्नुपर्छ। 

यो समयमा प्रश्नहरुको उत्तरको खोजी गरेर समय कटाउन पनि सकिन्छ। आफुलाई नआएका कुराहरु गुगलमा हेरेर पढ्न लेख्न र सिक्न सक्नुपर्छ। यो समयमा अरुको आलोचना गर्न छाडनुपर्छ। हुन त आलोचना परिवर्तनको एउटा पाटो हो। तर यो समय सृजनाको बिरु रोप्ने, छर्ने र उमार्ने समय हो। यो समयमा तपाइले छर्नु भएको विउले भोलि तपाइलाई अरुको सामु प्रतिभावान व्यक्ति सावित गर्नसक्छ।

प्रकाशित: २४ वैशाख २०७७ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App