२८ असार २०७७ आइतबार
ब्लग

पर्यटकीय स्थल मकवानपुर जाऔँ, प्रकृतिसँग रमाऔँ

यात्रामा विभिन्न दृष्यहरु अवलोकन गर्ने अवसर मिल्छ। सबै अनुभव कैद गर्न त सकिदैन। तर कतिपय दृष्यहरुले मनै लोभ्याउँछ। ती दृष्यले सँधै उर्जाशिल बनाउँछ। कतिपय ठाउँमा पुग्दा लाग्छ स्वर्ग यही हाे ? हुनत स्वर्ग कस्तो छ सायदै कसैले देखेको होला।

कति कुरालाई आँखाले देखिँदैन तर मनले देख्छ। कतिपय चिज भने मन र आँखा दुबैले देख्छ। अनुभव गर्छ। मनसपटलमा छाइरहन्छ। त्यस्तै एउटा ठाउँ हो –मकवानपुर।

मकवानपुर जिल्लाको नामकरण शेनवंशी प्रतापी राजामुकुन्द सेनको नाम दर्साउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मकवानपुर हुनपुगेको जनश्रुति छ । उत्तरतर्फ महाभारत शृङ्खला र दक्षिणतर्फ चुरेपर्वत (सिवालिक पहाड) को काखमा यो सुन्दर जिल्लाअवस्थित छ। सदरमुकाम हेटौंंडाबाट कुलेखानी–फाखेल, चित्लाङ–थानकोट र कुलेखानी–सिस्नेरी हुँदै ४ घण्टामै  काठमाडौँ आउन सकिन्छ। देशकै जलविद्युत परियोजनाको मेरुदण्डको रुपमा यस जिल्लालाई लिन सकिन्छ ।

शान्त सीतल वातावरणले प्रायको मन जितेको छ। तत्कालिन बेलायती महारानी एलिजा वेथ द्वितीय र राणा प्रधानमन्त्री जंगबहादुर राणाले यस ठाउँमा सिकार खेलेको इतिहास छ ।   राजाहरुको दरबार मकवानपुर गढी (पृथ्वीनारायण शाहको ससुराली), चिसापानी गढी, पर्यटकीय स्थल शहीद स्मारकले यसको सौन्दर्य बढाएको छ । महाभारत कालदेखि नै यो जिल्ला विभिन्न प्रसङ्गमा आउने गरेको छ ।  वनबासको क्रममा पाँच पाण्डवहरु यस जिल्लामा आइपुगेका र भीमसेनले हेडम्बा राक्षस मारेको र उसैको नामबाट हेटौंडा नामकरण भएको पनि जनविश्वास छ।

कति कुरालाई आँखाले देखिँदैन तर मनले देख्छ। कतिपय चिज भने मन र आँखा दुबैले देख्छ। अनुभव गर्छ। मनसपटलमा छाइरहन्छ। त्यस्तै एउटा ठाउँ हो –मकवानपुर।

जैविक विविधता, चिसो हावापानी, लालीगुराँस, सुनगाभा र विभिन्न जडिबुटीहरुको प्रचुरताले मकवानपुरलाई प्राकृतिक सङ्ग्राहलयको रुपमा चिनाउन सफल भएको छ। पहाडी यस जिल्लामा शिशिर याममा हिउँ पर्ने २५८४ मिटरको उच्च भु–भाग (दामनको सिमभञ्ज्याङ) देखि दक्षिणतर्फ समुद्री सतहको १६६ मिटरसम्मको होचो भु–भागछ। यसलाई सुनगाभाको प्राकृतिक म्युजियमको रुपमा पनि चिन्छन्।  छोटो दुरी तथा सानो भु–भागमा पनि ठुलो वातावरणीय विविधताको शृंखला रहेको भैंसेदेखि सिमभन्ज्याङसम्मको उचाईमा जेनेराको सुनगाभा (अर्किड) मध्ये ६२ जाति यस जिल्लामा पाइन्छ । चार जलाधार क्षेत्रमा बाग्मती, बकैया, राप्ती र लोथ मकवानपुरमै पर्दछ।

हेटौंडा उपमहानगरपालिकाभित्र
गोरक्षेश्वर
भुटनदेवी
भुवनेश्वर महादेव
वनस्खण्डी
कुश्माण्ड सरोवर
गौमुखीधारा पुण्य क्षेत्र रहेका छन् ।

मकवानपुरगढीमा मनकामना मन्दिर र वंश गोपालको मन्दिर  छ । चुरियामाईको र भैंसेमा त्रिखण्डी महादेवको मन्दिर प्रसिद्ध छन्। दामनमा ऋषेश्वर र इन्द्रायणी माईको मन्दिर छ भने बज्रबाराही गाविसमा बज्रबाराही, नामटारमा स्यार्सेकालिका, चित्लाङमा शिवालय आदि प्रख्यात मठमन्दिर तथा देवालयहरु रहेका  छन्।

दामन

हिउँद महिनामा हिउँ खेल्ने गन्तब्यका रुपमा परिचित दामन हो। थानकोट –नौबिसे हुँदै पृथ्वी राजपथमार्फत सजिलै पुग्न सकिने दामनमा हरेक महिना चिसो हावा पाइन्छ। प्राकृतिक सुन्दरता हेर्दै चिसो हावामा रमाउन कसलाई पो मन लाग्दैन र ? दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल हेर्न सकिन्छ । दुई हजार ६ सय ८८ मिटर उँचाइ रहेको दामनबाट हिमशृंखला र वरपरका पर्वत अवलोकन गर्न भ्युटावर पनि छ । खानाको लागि ढिडो, लोकल कुखुराको मासुको परिकारको मजाले स्वाद लिन सकिन्छ । बस्नका लागि सामान्य होटलदेखि सुविधा सम्पन्न रिसोर्टहरु संचालित छन्। त्यस्तै उपत्यकाको धुवाँधुलो र कोलाहललाई पन्छाउँदै थानकोटबाट मात्र १४ किलोमिटरको बस यात्रापछि चित्लाङ पुग्न सकिन्छ ।

मकवानपुर गढी दरबार

ऐतिहासिक भग्नावशेष रहेको राजदरबार मकवानपुर गढी दरबार हो। मकवानपुर गढी दरबारले जिल्लाको मात्र प्रतिनिधित्व गरेको छैन पुरै देशकाे प्रतिनिधित्व गरेको छ। ऐतिहासिक दरबार सेन वंशीय राजाहरुको दरबार साथै बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ससुरालीको समेत स्मरण गराउने दरबारको रुपमा चिनिन्छ।

अशोककालिन चैत्य
चित्लाङ्ग
मकवानपुर गढी
चिसापानी गढीमानेपाल–अंग्रेज यद्वमाप्रयोग भएको चर्चित कालीतोप र स्त्रीजातिको प्रवेश निशेध रहेको रहस्यमय वटुक भैरव मन्दिर छ ।
भिमसेन ,
वटुकभैरव मन्दिर    
भुटन देवी,    
मनकामनामन्दिर
वनस्खण्डी मन्दिर
चुरियामाई मन्दीर ,
दामनभ्यू टावर
मैत्रीपार्क
सिमभञ्ज्याङ्ग     जैविक विविधता अध्ययनको केन्द्र तथा पर्यटकिए पार्क हो । प्रजा संग्राहालय राक्सिराङ्ग प्रजाजातिको चिनारी झल्काउने वस्तुहरुको ऐतिहासिक संग्रह स्थलहो। साहसिक चन्द्रागिरी पदमार्ग,लाली गुराँशमार्ग मार्खु कुलेखानी जलाजय सम्मको यो मार्ग खासगरी गुराँस फुलेको मौसममा अत्यन्त सुन्दर देखिन्छ। शहिद स्मारक तथा पुष्पलाल स्मृति वाटिका, कुलेखानी ड्यााममार्खु, जलबिद्युत उत्पादन गृह भिमफेदी, औधोगिक क्षेत्र, खुलामुर्ती कला संग्राहल, कुश्माण्ड सरोवर जस्ता पर्यटकिय तथा धार्मिक स्थल मकवानपुरमै छ।

चित्लाङ
चित्लाङको नामकरण सम्बन्धमा ‘चित्लाङ अर्थात् सम्राट अशोकले छोरी चारुमती कानाममा चावहिलमा बौद्ध बिहार निर्माण गर्नुअघि चैत्य बनाएको जनश्रृति छ। काठमाडौंबाट चारवटा रुट भएर चित्लाङ पुग्न सकिन्छ। जसअनुसार सबैभन्दा कम दूरी कलंकी हुँदै चन्द्रागिरि भएर थानकोटबाट १८ किलोमिटरमा चित्लाङ पुग्न सकिन्छ। काठमाडौंबाट मातातीर्थ सःखेल हुँदै जाने हो भने करीब २७ किलोमिटरमा चित्लाङ पर्छ। दक्षिणकाली फर्पिङ कुलेखानीभएर जाँदा ५२ किलोमिटरको दूरीमाचित्लाङ पुगिन्छ।

अर्कोअझै थानकोट नौबिसे टिस्टुङ हुँदै पनि चित्लाङ पुग्न सकिन्छ। काठमाडौंबाट नजिकै, फरक र सुन्दर जसको पनि मन खिच्न सक्ने एउटा टुक्रा हो, चित्लाङ। मकवानपुर जिल्लास्थित थाहा नगरपालिका वडा नं. १० मा पर्ने ठाउँ हो चित्लाङ। विशेषगरी काठमाडौंमा धुलो बढी भएर होला खुल्ला र नीलो आकाशकमै देख्न  पाइन्छ। चित्लाङ प्राचीन सम्पदाले मात्र होइन, कला संस्कृतिले पनि धनी छ। तीनतिर हरिया पहाडले ढाकिएको र बीचमा समथर खेतीयोग्य जमिन छ। त्यसपछि रातमा क्याम्प फायरको मज्जा। चित्लाङमा साँझ परेपछि जाडो हुने भएकाले क्याम्प फायरको मज्जा हुन्छ।

इन्द्रसरोवर ताल
चित्लाङबाट कुलेखानीको इन्द्रसरोवर ताल र चन्द्रागिरिसम्म हाइकिङ गर्न सकिन्छ। विद्युतआपूर्ति गर्दै आएको इन्द्रसरोवर ताल नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय हो। यही सरोवरको पानीबाट कुलेखानीमा विद्युत उत्पादन गरिन्छ। जलविद्युत आयोजनाका लागि निर्मित यो सरोवर रमणीय पर्यटकीय क्षेत्रको रुपमा विकसित छ।

लेखानी अर्थात इन्द्र सरोवरसम्म सडक यातायात पनि सञ्चालनमा छ। मार्खु र कुलेखानी अन्तर्गतका गहिरो खोँचमा बाँधबाँधी नदी नालाको पानी सङ्कलन गरी सञ्चालन भएको कुलेखानी जलविद्युत परियोजनाको जलाशय इन्द्रसरोवर आफैँमा एक नौलो नमूना हो। करीब ८ किलोमिटरको क्षेत्रफलमा फैलिएको यस मानव निर्मित ताल अवलोकन जो कोहि उत्साहित हुन्छन्। कुलेखानी वरिपरिका हरिया पाखा र डाँडाकाँडाका मनमोहक दृश्यले सबैलाई मोहित बनाउनेछ।

पर्यटनलई प्रर्बद्धन गर्दै आफ्नो कला संस्कृतिको जर्गेना गर्दै समग्र देशको विकास गर्ने लक्ष्य स्थानीय सरकारले समेत राखेको देखिन्छ। मकवानपुरको दक्षिणकाली मन्दिर, पाथिभारा माताको मन्दिर, त्रिखण्डी मन्दिर, वंशगोपाल मन्दिर, मनकामना मन्दिर आदि विशेष महत्व राख्ने र भक्तजनहरूको भीड लाग्ने धार्मिक पर्यटकीय स्थलअन्तर्गत पर्दछन्। आन्तरिकदेखि बाह्य पर्यटकहरुलाई आकर्षण गर्न ती केन्द्ररुरुको परिचय, मान्यता, महत्व, ऐतिहासिक विषयलाई सबैले मनन गर्नु पर्दछ।

प्रकाशित: १७ पुस २०७६ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App