१६ चैत्र २०८० शुक्रबार
ब्लग

त्रासको छायाँमा युरोपको क्रिसमस

यतिखेर विश्वको ध्यान बर्लिनले तानेको छ। बर्लिन पूर्ण रुपमा शोकमा डुबेको छ। विश्वले बर्लिनलाई शोक सन्देश पठाइरहेका छन्। बर्लिनमा सोमबार राति भएको लरी आक्रमणको जिम्मा इस्लामिक संगठन आइएसआइएसले लिएको छ। सोमबार रातिभएको आक्रमणमा १२ जनाको ज्यान गयो भने ४८ जना घाइते भए। मंगलबार बेलुका बर्लिनमा चान्सलर एंगेला मार्केल सहितका जर्मनीका उच्च नेता शोक सभामा सहभागी भए।

शोक सभा जारी रहँदा जर्मन प्रहरीले हमलामा संलग्न भएको शंकामा गिरफ्तार गरेका पाकिस्तानीमुलका नागरिक प्रमाण अभावमा रिहा भइसकेका छन्। आतंकवाद हेर्ने विशेष सुरक्षा दस्ता र गुप्तचरका अधिकारीले संम्भावित आक्रमण हुनसक्ने ठाउँहरुमा निगरानी बढाएका छन्। प्रहरीले सर्च अप्रेसन तीब्र पारेको छ। पूरै युरोपको सुरक्षालाई चुनौति थपिएको छ। शरणार्थी माग गरी आवेदन गर्नेहरुमाथि विशेष सुरक्षा निगरानी बढाइएको छ। 

युरोपमा क्रिसमस एउटा वार्षिक उल्लासको समय हो। हिउँदसँगै युरोप चिसिँदै गए पनि युरोपियनहरु क्रिस्मसको उल्लास मनाउन कुनै कसर बाँकी राख्दैनन्। अहिले त्यही चाड बनाउन छुट्टी लिएर हिँडेकाहरु त्रासमा छन्। अत्यन्त उल्लासको माहोल रहने युरोप यतिबेला भय र त्रासमा बाँच्न विवश भएको छ। 

जर्मनीले पहिलो पटक १९७० मा म्युनिका विमानस्थलमा आतंकवादी आक्रमण सामना गरेको थियो। यो वर्ष मात्रै जर्मनीले झण्डै आधा दर्जन पटक आतंकवादी हमला सामना गरिसकेको छ। सोमबार बर्लिनमा भएको घटनाजस्तै प्रकृतिको घटना गत वर्ष फ्रान्समा पनि भएको थियो। 

बेलायत, फ्रान्स, जर्मनी लगायत अन्य केही युरोपियन देशहरुमा आतंककारी हमला हुन सक्ने उच्च जोखिम रहेको कुरा बाहिर आइरहेको छ । गत वर्ष मात्रै फ्रान्स र जर्मनीमा मात्र दर्जनौ पटका हमला भए। युरोपीयन प्रहरी, अर्ध सैनिक बल र जासुसी संथाले ठूलो जनशक्ति र धनराशी आतकंवादविरुद्धको कारवहीमा खर्चिए पनि युरोपलाई पूर्ण सुरक्षित पार्न गाह्रो हुँदै गएको छ।

आतकंकारी हरुको आक्रमण गर्ने शैली विस्तारै फेरिँदै गएको देखिन्छ। घातक मात्र होइन अघातक हतियारहरुको पनि प्रयोग गरी ठूला सुपरमार्केट, खुल्ला स्थान, रंगशाला तथा ट्रेन स्टेशनहरु हमला हुँदै आएको छ। बम र बन्दुक मात्र नभई सामान्य चक्कुदेखि लरीसम्म आतकंकारीले हमलामा प्रयोग गरिरहेका छन्।

बर्लिनको क्रिसमस बजारमा अातंककारी समूह अाइएसले अाक्रमणमा प्रयोग गरेको लरी। तस्विरः एएफपी

गएको मे महिना नै जर्मनिको म्युनिका स्टेशन नजिक एक आतकंकारीले चक्कुबाट आक्रमण गरेका थिए। आतकंकारीको उदेश्य नै आतंक मच्चायर त्रास सिर्जना गर्दै आफ्नो मागमा सबैको ध्यान केन्द्रित गर्नु हो। उनीहरुले जतिसक्दो ठूलो घटना गराउने लक्ष्य राखेका हुन्छन्। त्यही भएर पछिल्लो समय युरोपको खुल्ला ठाउँहरुमा आक्रमण केन्द्रित भएको देखिन्छ। 

गएको नोभेम्वर महिनाको २५ तारिख पेरिस नजिकबाट पाँच आतकंकारीहरु सुरक्षाकर्मीहरुको पन्जामा परे। उनीहरुबाट प्राप्त भएको दस्तावेजमा क्रिस्मसलाई लक्षित गरी क्रिसमस मार्केटमा आक्रमण हुनसक्ने संकेत मिलेको थियो। तत् पश्चात युरोपमा आक्रमण हुन सक्ने सम्भावित स्थानलाई जुन रुपमा सुरक्षा नियन्त्रणमा राख्नु पर्ने थियो त्यो भएको देखिएन। केही महिना पहिले मात्र जर्मनीकै एक पत्रिका वेल्ट एमसनट्यागमा जर्मन सेना भित्रै करिब ६० जना जति जिहादी हुनसक्ने खुलासा भएको थियो।

सिरियामा सुरक्षा कारबाहीको चरम निशानमा परिरहेको स्लामिक स्टेटका आतकंकारीहरुको एक पछि अर्को आधार इलाका गुम्दै गइरहेको देखिन्छ। यसबाट अत्तालिएको यो समूहले युरोपलाई पहिलो टार्गेट बनाइरहेको देखिन्छ। स्लामिक स्टेटका आतकंकारीहरुले पछिल्लो समय समाजबाट पहिचान गुमेका, उग्रवादी विचार धारा बोकेका, लागू औषधमा फँसेका, अबोध बालबालिकालाई कुनै पनि वहानमा शरणार्थी बनाएर युरोप पठाउन थालेको र उनीहरुलाई पछि आक्रमणका बेला प्रयोग गरेको देखिएको छ। 

युरोपमा क्रिसमस एउटा वार्षिक उल्लासको समय हो। हिउँदे जाडोले युरोप चिसिँदै गए पनि युरोपियनहरु क्रिस्मसको उल्लास मनाउन कुनै कसर बाँकी राख्दैनन्। अहिले त्यही चाड बनाउन छुट्टी लिएर हिँडेकाहरु त्रासमा छन्। अत्यन्त उल्लासको माहोल रहने युरोप यतिबेला भय र त्रासमा बाँच्न विवश भएको छ। 

 

प्रकाशित: ६ पुस २०७३ ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App