उज्यालो नचाहनेहरूले, कुकार्यका पोकाहरू लुकाउन, नियन्त्रणका हातहरू लम्काएर,
उसको इतिहास च्याते पनि, या उसको अस्तित्व मेटाउन खोजे पनि, उसले आफ्नो यात्रा रोक्दैन।
मलाई तिम्रो माग पूर्तिको साधन मात्र ठान्छौ,चुसिरहन्छौ जुकाले झै भोग्य वैभव मान्छौ। छाउगोठमा म दुखेर मायाको भिख माग्दा पनि, नकार्छौ र बजारतिर सुहागरात किन्न जान्छौ।