दुर्भिक्षबाट जोगिन पारिस्थितिकीय प्रणाली
प्रकृति र मानवबीचको सम्बन्ध अन्योन्याश्रित छ। मानवजगत्ले स्वार्थवश प्रकृतिको दोहन गर्न थालेपछि प्राकृतिकरूपमा नै जैविक विविधतामा समस्या देखापर्ने गर्छ। जैविक विविधतामा देखापर्ने समस्याले अन्ततः दीर्घकालीनरूपमा पारिस्थितिकीय प्रणालीमा असर गर्ने गर्छ।