श्रीलंकामा सरकार बनाउने तयारीमा विपक्षी दल
श्रीलंकामा हजारौं प्रदर्शनकारीले शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवासमा तोडफोड गरेसँगै राष्ट्रपति र प्रधानमन्त्री पदबाट राजीनामा दिन सहमत भएपछि विपक्षी दलले आइतबारदेखि नयाँ सरकार गठनको तयारी थालेका छन्।

