४ चैत्र २०८२ बुधबार
image/svg+xml
अनिता न्यौपाने


अनिता न्यौपानेका लेखहरु :

लुसुक्क नगद उपहार दिनुस् राष्ट्रिय सभाको इनाम छ!

प्रत्येकपल्ट यहाँले हार्नुभो यहाँको हार्नेमा नाम छ, कस्ले आरोप लगायो सुपरिचित नामै बदनाम छ। जमानत जफत भो त के भो अकुत सम्पत्ति छँदै छ।

पूर्व प्रधानमन्त्री ओलीले काम देखाउन उद्घाटन गरेको धरहरामा कहिले चढ्न पाउँछन् सर्वसाधारण?

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वैशाखमा निर्माणाधिन धरहराको उद्घाटन गरेका थिए। त्यति बेला धरहराको स्तम्भ ठडिएपनि भित्री र बाहिरी संरचनाको काम भने सकिएको थिएन। ओलीले हतारमा उद्घाटन गरेपनि धरहराको पुनर्निमाण सकिन अझै केही समय लाग्ने देखिएको छ।

‘टेका’का भरमा छन् पाटनका घर, जोखिमबाट जोगिन ‘टेका कुरेर बस्छन् स्थानीय’

पाटनका पुराना ऐतिहासिक टोल तथा बस्तीहरु मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलका जीर्ण अधिकांश घरमा ‘टेको’ लगाइएको छ। यस्ता संरचनामा घाँस र बुट्यान उम्रिएका छन्। घरका पर्खालहरु कमजोर देखिन्छन्। यस्ता संरचनाले जोखिम मात्र बढाएको छैन पर्यटकीय क्षेत्रमा दृश्य प्रदुषण पनि त्यत्तिकै भएको छ।

किस बार

काठमाडौँ मलाई मन पर्ने ठाउँ होइन। जाऔं, रमाइलो गराैँ भन्ने मनमा कहिल्यै आएन। तर पनि बारम्बार काठमाडाैँ पुग्नुपर्छ किनकि मेरो पुख्र्यौली थलो त्यही हो। हजुरबा त्यहीँ बसे। बा त्यहीँ जन्मे। त्यहीँ जन्मी ठूल्दी। आमा पहिलोपटक बेहुली भएर पुगेको ठाउँ पनि काठमाडौं नै हो। त्यति मात्रै हैन, तालिम, गोष्ठी र अन्य कार्यक्रममा होस् वा कागजपत्र मिलाउन पुग्नुपर्छ त्यहीँ। देशको राजधानी नपुगेर पनि भएन। मैले हजारौं पटक बेचेर अन्तै बसाइँसराई गर्न पनि कम्ता कदम चालेको होइन। तर, कोही मानेनन्। भन्छन्– पुख्र्यौली थलो हो बेचबिखन गर्न मिल्दैन। सबैको मनपर्ने सहरमा हो यो। तर, मलाई आधा बाटो नपुग्दै कहिले घर फर्काै जस्तो लाग्छ।

तिम्रो याद

‘कहिले गरिनँ र कति गर्छौ याद भनेर नसोध है, आत्मीयतामा जवाफ हुँदैन, मायाको सीमा नभएको जस्तै । बाटोमा हिँड्नु र बाटोमै बिलाउनु जीवनको लय हो भने मलाई त्यो मनपर्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्