२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पूर्व प्रधानमन्त्री ओलीले काम देखाउन उद्घाटन गरेको धरहरामा कहिले चढ्न पाउँछन् सर्वसाधारण?

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले धरहराको उद्घाटन गरेको पनि १५ महिना बितिसक्यो। तरपनि यो सर्वसाधारणका लागि खुला भएको छैन। कुनैपनि पूर्वाधारको उद्घाटन सामान्यतया निर्माण सम्पन्न भएर र संचालनमा आउनुअघि गरिन्छ।  

तर, पूर्व प्रधानमन्त्री ओलीले आफ्नो सरकारको काम देखाउन हतारहतारमा धरहरा उद्घाटन त गरे। तर यसको पुनः निर्माण अझै सकिएको छैन। यसमा सर्वसाधारण कहिले चढन पाउने हुन्? त्यसको टुङगो अझै छैन।    

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वैशाखमा निर्माणाधिन धरहराको उद्घाटन गरेका थिए। त्यति बेला धरहराको स्तम्भ ठडिएपनि भित्री र बाहिरी संरचनाको काम भने सकिएको थिएन। ओलीले हतारमा उद्घाटन गरेपनि धरहराको पुनर्निमाण सकिन अझै केही समय लाग्ने देखिएको छ।  

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वैशाखमा निर्माणाधिन धरहराको उद्घाटन गरेका थिए। त्यति बेला धरहराको स्तम्भ ठडिएपनि भित्री र बाहिरी संरचनाको काम भने सकिएको थिएन। ओलीले हतारमा उद्घाटन गरेपनि धरहराको पुनर्निमाण सकिन अझै केही समय लाग्ने देखिएको छ।  

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई आयोजना प्रमुख कोषनाथ अधिकारीका अनुसार लामो समय चर्चा र विवादको विषय बनेको धरहरा निर्माणको काम अहिलेसम्म ७८ प्रतिशतमात्र सकिएको छ।  

‘धरहरा परिसर भित्रको मुद्रण संग्रहालयको संरचना बनाइसकिएको छ। त्यसलाई फिनिसिङ गर्ने काम भने अझै बाँकी छ’, अधिकारीले भने, ‘वाटर प्रोसेसको काम, सेन्ट्रल युटिलिटीअन्तर्गत ब्लक, जेनेरेटर, टान्सफर्मर, चिर्लर, ए–एचयू युनिट, वाटर ट्यांकलगायत, ईयुटीलीटी ब्लक धरहराको पश्चिमपट्टिको भागमा बानाउने काम ,खानेपानीको पाइप दूरसञ्चारको लाईनहरुको पनि काम अझै बाँकी छ।’ 

‘धरहरा परिसर भित्रको मुद्रण संग्रहालयको संरचना बनाइसकिएको छ। त्यसलाई फिनिसिङ गर्ने काम भने अझै बाँकी छ’, अधिकारीले भने, ‘वाटर प्रोसेसको काम, सेन्ट्रल युटिलिटीअन्तर्गत ब्लक, जेनेरेटर, टान्सफर्मर, चिर्लर, ए–एचयू युनिट, वाटर ट्यांकलगायत, ईयुटीलीटी ब्लक धरहराको पश्चिमपट्टिको भागमा बानाउने काम ,खानेपानीको पाइप दूरसञ्चारको लाईनहरुको पनि काम अझै बाँकी छ।’ 

उनले धरहरा सम्झौता भएको २ वर्षसम्म त क्षेत्र विस्तार गर्दैमा समय बितेको जानकारी दिए। ‘सम्झौता भएको २ वर्षसम्म क्षेत्र विस्तार गर्नै लाग्यो। त्यसपछि हुलाक हटाइयो, संचयकोषसँग जग्गा सट्टापट्टा गरियो, टक्सार जग्गा पनि लिने काम भयो, जग्गा अगाडि नै लिए पनि डिजाइन १ वर्ष पछाडि मात्र निर्माण भयो। सबै कुराहरुको राम्रो तयारी भएको भए यती बेलासम्म सकिन्थ्यो होला’, उनले भने। त्यस्तै धरहराको अगाडिपट्टि सडक व्यवस्थित पार्न र हरियालीको काम बाँकी रहेको अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले धरहराभित्रको फिनिसिङको काम, भर्याङ्ग वरपरको रेलिङहरुको काम भइरहेको छ। स्थानीयहरुले धरहरा बाहिर बस्ने पाटी बनाउन माग गरेकोले उक्त पार्टी निर्माण गर्न पनि बाँकी रहेको उनले बताए।  

प्रशासनिक भवन, टिकट काउन्टरको पनि काम भइरहेको अघिकारीको भनाइ छ। पछिल्लो समय निर्माण सामग्रीको मूल्य वृद्धि हुँदा पनि धरहरा निर्माणमा ढिलाइ भएको अधिकारी बताउँछन्। काम सुरु गर्दा निर्माण सामाग्री रडको मूल्य केजीको ६० र ७० रुपैयाँ थियो अहिले मूल्य वृद्धि भएर १४० रुपैयाँ पुगेको छ।

‘विश्वभर महामारीको रुपमा आएको कोरोनाले पनि धरहरा निर्माणमा असर गर्यो। कोरोना महामारी र कतिपय जग्गासम्बन्धी विवादका कारण धरहरा निर्माणको समय ४ पटकसम्म थपेउ’, उनले भने।  सम्झौता अनुसार तोकिएको समयभित्र काम सक्नुपर्ने भएपनि कोरोना, मूल्य वृद्धि जस्ता कुराहरुले निर्माणमा ढिलाइ भएको अधिकारीले दाबी गरे।  

सुरुमा सम्झौता गरिएभन्दा अहिले निर्माण कम्पनीले गर्नुपर्ने काम बढेपनि अब पुस मसान्तसम्म धरहरा पुनःनिर्माण सकिने उनले बताए।  

धरहरा पुनःनिर्माण गरिरहेको जिआई इपिसी रमण कन्स्ट्रक्सनका प्रोजेक्टर म्यानेजर सञ्जय नकर्मी धरहरा निर्माणमा अझै १ पटक समय थप गर्नुपर्ने बताउँछन्। नकर्मी भन्छन्, ‘धरहरा पुनःनिर्माणमा अझै १ पटक म्याद थप गर्नुपर्ने देखिन्छ।’

धरहरा पुनःनिर्माण गरिरहेको जिआई इपिसी रमण कन्स्ट्रक्सनका प्रोजेक्टर म्यानेजर सञ्जय नकर्मी धरहरा निर्माणमा अझै १ पटक समय थप गर्नुपर्ने बताउँछन्। नकर्मी भन्छन्, ‘धरहरा पुनःनिर्माणमा अझै १ पटक म्याद थप गर्नुपर्ने देखिन्छ।’

यसअघि २०७८ चैतमा धरहरा निर्माण पूरा गर्न चौथोपटक म्याद थप गरिएको थियो। ‘अब पुस मसान्तसम्म धरहरा हस्तान्तरण गरी सक्नुपर्ने भएपनि हस्तान्तरण गर्ने नसकिने अवस्था छ’, उनी भन्छन्।  

पूर्ण रूपमा धरहरा तयार हुनका लागि अझै केही महिना कुर्नुपर्ने उनी बताउँछन्। सहरी विकास मन्त्रालयलाई पुस मसान्तसम्म धरहरा हस्तान्तरण गर्नुपर्ने भएपनि सोहि समयमा हस्तान्तरण गर्न नसकिने उनको भनाइ छ। तर आफूहरु भने पुसभित्रै पुनःनिर्माण सक्ने गरी काम गरिरहेको नकर्मीले बताए। भ्याटसहित ३ अर्ब ४८ करोड रुपैयाँ लागतमा निर्माण सक्ने गरी सम्झौता गरेको रमन कन्स्ट्रक्सनले हालसम्म करिब २ अर्ब २५ करोडको काम सकाएको छ। त्यसमध्ये भौतिक प्रगति ७८ प्रतिशत रहेको छ।  

यसअघि धरहरा पुनर्निर्माण जिम्मेवारी पुनर्निर्माण प्राधिकरणको थियो।  प्राधिकरणको म्याद सकिएपछि २०७८ पुस ९ बाट बाँकी रहेको काममा सुपरीवेक्षण गर्ने जिम्मेवारी सहरी विकास मन्त्रालयलाई दिइएको थियो।  

पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ मा ‘म बनाउँछु, मेरो धरहरा’ अभियान सुरु गरेका थिए। उक्त अभियान अन्तर्गत २४ करोड रूपैयाँ संकलन भएको थियो। म बनाउँछु, मेरो धरहरा अभियान चलाएका ओलिले २०७५ वैशाख १२ मा धरहरा पुनर्निमार्णको शिलान्यास गरेका थिए। ओलीले नै २०७८ वैशाख ११ मा ७० प्रतिशत निर्माण सकिएको धरहरा उद्घाटन गरेका थिए। उद्घाटन समयमा १० महिनापछि २०७८ माघबाट सर्वसाधारणले धरहरा चढ्न पाउने बताइएको थियो। तर, उद्घाटनको १५ महिना र धरहरा ढलेको सात वर्ष बितिसक्दा पनि पुनर्निर्माण पूरा हुन सकेको छैन।  

पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ मा ‘म बनाउँछु, मेरो धरहरा’ अभियान सुरु गरेका थिए। उक्त अभियान अन्तर्गत २४ करोड रूपैयाँ संकलन भएको थियो। म बनाउँछु, मेरो धरहरा अभियान चलाएका ओलिले २०७५ वैशाख १२ मा धरहरा पुनर्निमार्णको शिलान्यास गरेका थिए। ओलीले नै २०७८ वैशाख ११ मा ७० प्रतिशत निर्माण सकिएको धरहरा उद्घाटन गरेका थिए।

तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा महारानी ललितत्रिपुरा सुन्दरीदेवीको सम्झनास्वरुप धरहराको निर्माण गरेका थिए। त्यस बेला धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्थ्यो। राणकालीन समयमा धरहराको टुप्पोबाट विगुल बजाएर सामाजिक तथा प्रशासनिक सुचना र जानकारी दिने गरिन्थ्यो। १९९० सालको महाभूकम्पले धरहरा भत्कियो। दुई वर्षपछि तत्कालिन प्रधानमन्त्री जुद्धशमशेर जबराले साविक बमोजिम नौ तल्ला नै कायम गरि पुनःनिर्माण गरेका थिए।

 

 

प्रकाशित: ३ आश्विन २०७९ १४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App