कुनै पनि कार्यमा सफलता प्राप्त गर्नु छ भने हामीले आफ्नो लक्ष्यप्रति अर्जुनदृष्टि राख्नुपर्छ, जसरी महाभारतमा अर्जुनले माछाको आँखा मात्र देखे। सफलता नै एकाग्रताको उपलब्धि हो। ‘अर्जुनदृष्टि’ ध्यान, धारणा र धैर्यको समष्टि हो।
हालको अवस्थामा नेपालमा आयातको गति उच्चतम छ भने निर्यातको गति मन्द छ । नेपालले आफ्नो निर्यात विस्तार गरी तराईसँग सीमा जोडिएका भारतीय राज्यमा बसोबास गर्ने ४० करोड जनतासम्म पुर्याउनसके अद्भूत आर्थिक प्रभाव पर्नेछ ।