२० पुस २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

ल्याइयाे ‘युमा हजुरी’

सफलताका साथ विश्वव्यापी प्रदर्शनरत सिनेमा ‘जारी २: सङ अफ च्याब्रुङ’ को नयाँ गीत सार्वजनिक गरिएको छ। बिहीबार निर्माण कम्पनी बाँसुरी फिल्मस्को युट्युब मार्फत ‘युमा हजुरी’  गीत ल्याइएकाे हाे।

उक्त ‘युमा हजुरी’ गीतमा मनोज थापा मगरको संगीत कम्पोज तथा हर्क साउदको गीत रचना रहेको गीत संगीतकार मनोज थापा मगर र सुनिता थेगिमको स्वर छ।

यो सिनेमाले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ। निर्माण टिमले हालसम्म कति व्यापार गर्‍याे भन्ने आधिकारिक रूपमा सार्वजनिक गरेको छैन। नेपालभरका सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्मका हलमा टिकट बिक्री गर्ने अफिसियल वेवसाइट हेर्दा सिनेमाले आक्रामक व्यापार गरेको देख्न सकिन्छ। गत मंगलबारबाट यो सिनेमाको निर्माण टिमले ‘डिरेक्टर्स कट’ प्रदर्शनमा ल्याएको छ।

सिनेमाका लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले दर्शक तथा समीक्षकको सल्लाहअनुसार नै ‘डिरेक्टर्स कट’ पुनः सेन्सर गरेर प्रदर्शनमा ल्याइएको बताउँछन्। दर्शकमाझ 'डिरेक्टर्स कट' ले उत्साह पैदा गर्दै उत्कृष्ट प्रतिक्रिया पाइरहेको सामाजिक सञ्जालमा आएको प्रतिक्रियाबाट देख्न सकिन्छ। निर्देशक सुब्बा र अभिनेत्री मिरुना मगर बुधबार मात्र पूर्वी नेपालका दर्शक साक्षात्कार सकेर काठमाडौं फर्केका थिए।

पूर्वी नेपालमा दर्शक साक्षात्कारमा मिलेको प्रतिक्रियाले उत्साहित बनाएको निर्देशक सुब्बा र अभिनेत्री मगरले बताए। यो सिनेमाले देशभरमा नै राम्रो व्यापार गरे पनि विशेषगरी पूर्वी नेपालमा भने विष्फोटक व्यापार गरिरहेको छ। लिम्बु समुदायको कथामा निर्माण भएको सिनेमामा दयाहाङ राई, मिरुना मगर र विजय बरालको मुख्य भूमिका छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ। उपेन्द्र सुब्बाले लेखेकाे तथा निर्देशन गरेकाे सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।

प्रकाशित: २८ कार्तिक २०८२ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App