७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘काठको बाकस आइसबक्स अनि सपनाहरू’ लोकार्पण

कवि नीरा श्रेष्ठको ‘काठको बाकस आइसबक्स अनि सपनाहरू’ कवितासंग्रहको लोकार्पण भएकाे छ। लालित्य सिर्जना समाज, ललितपुरकाे आयोजनामा कृतिकाे लाेकार्पण भएकाे हाे।

कार्यकमका प्रमुख अतिथि वरिष्ठ समालोचक प्राडा गोविन्द मानसिंह कार्की, विशिष्ट अतिथिहरू - पूर्व मन्त्री वरिष्ठ सर्जक शंकरप्रसाद कोइराला, शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक प्राडा रवि मल्ल, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ नियात्राकार पवन आलोकले ‘काठको बाकस आइसबक्स अनि सपनाहरू’ कवितासंग्रहको लोकार्पण गरेका हुन्।

लालित्य सिर्जना समाजका अध्यक्ष बुद्धिमान महर्जनको सभाध्यक्षता र कवि एवं पत्रकार राजन न्यौपानेले सहजीकरणमा गरेकाे कार्यक्रममा प्रमुख अतिथि समालोचक कार्कीले ‘काठको बाकस आइसबक्स अनि सपनाहरू’ कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए। 

कवि नीरा श्रेष्ठले यस कविता मार्फत नारीको पीडा, व्यथा, वेदना, देश प्रेम, व्यतिथिविरुद्ध आवाज, संस्कृति मोह, आफ्नो सेवाप्रतिको सम्मान भाव, प्रकृतिबाट जीवनबोध, राजनीतिक व्यंग्य, राष्ट्रिय व्यक्तित्वका बारेमा प्रेम, आमाप्रतिको सम्मान भाव जस्ता विविध विषयमा सुन्दर ढंगले प्रस्तुत गरेको बताए।

त्यस्तै विशिष्ट अतिथि पूर्व मन्त्री वरिष्ठ सर्जक शंकरप्रसाद कोइरालाले शुभकामना मन्तव्यकाे क्रममा कवि नीरा श्रेष्ठलाई बधाई दिंदै सफल साहित्यिक यात्राकाे कामना गरेका थिए।

 कार्यक्रममा विशिष्ट अतिथि शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक प्राडा रवि मल्लले कवि नीरा श्रेष्ठले शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा गरिरहेको सेवाको चर्चा गर्दै कवि नीरालाई बधाई ज्ञापन गरेका थिए।

यसैगरी अर्का विशिष्ट अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कवि नीरा श्रेष्ठलाई बधाई ज्ञापन गर्दै देशको वर्तमान अवस्थाकाे चर्चा गरेका थिए।  उनले "काठको बाकस आइसबक्स अनि सपनाहरू" कविता पनि वाचेका थिए।

सो कार्यक्रममा वरिष्ठ नियात्राकार पवन आलोकले कवि नीरा श्रेष्ठलाई बधाई ज्ञापन गर्दै थप साहित्य सिर्जनाको लागि शुभकामना दिएका थिए।

यसैगरी कार्यक्रममा लालित्य सिर्जना समाजका वरिष्ठ सल्लाहकार तथा समालोचक कृष्ण प्रधानले संस्था परिचय दिएका थिए।

सो कार्यक्रममा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रकी नर्सिङ प्रमुख विद्या जोशी कोइराला लगायत विभिन्न संस्थाका प्रमुखहरू, साहित्यकार, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १२ आश्विन २०८२ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App