बलिउड फिल्म फिर हेरा फेरी-३ तत्काल नबन्ने भएको छ । अभिनेता अक्षय कुमारले विभिन्न कारण देखाउँदै चाँडै फिल्म नबन्ने उल्लेख गरेका हुन् ।
एक अन्तर्वार्तामा उनले फिल्म ढिलो हुनुको कारण केवल कलाकारमात्र नभइ अरू धेरै समस्या उल्लेख गरेका छन् ।
विविध समस्याले प्रोजेक्ट अगाडि बढ्न नसकेको बताउँदै उनले आफू, परेश रावल र सुनील शेट्टी बीचमा कुनै समस्या नभएको प्रष्ट्याएका छन् । उनले भने, ‘हामी ‘वेलकम टु जंगल’ मा सँगै काम गरिरहेका छौँ।’
अक्षय कुमारले केही कुरा सार्वजनिक गर्न नमिल्ने बताउँदै एग्रीमेन्ट र अन्य कारणहरूको संकेत गर्दै ती समस्याहरूले फिल्म रोकिएको बताए।
उनी ‘फिर हेरा फेरी-३ बन्नेमा आशावादी छन् तर समय लाग्नेमा विश्वस्त पनि । अन्तर्वार्ताका क्रममा ठ्यौली शैलीमा उनले भने, ‘आशा छ, त्यतिबेलासम्म हामी सबै धेरै बूढा भइसकेका हुने छैनौं।’ आफूले काम गर्ने समयमा नै बन्ला त भन्ने उनको यो व्यंग्य थियो ।
केही समयअघि फिल्म छायांकनको तयारीमा रहेको र कलाकार छौनोट हुदै गरेको खबर सार्वजनिक भएपनि अक्षयले तत्काल फिल्म निर्माणको काम अघि नबढ्नु उल्लेख गरेका हुन् ।
फिर हेरा फेरीको पहिलो संस्करणलाई प्रियदर्शनले निर्देशन गरेका थिए भने यसको सिक्वेल फिर हेरा फेरीलाई निरज बोराले निर्देशन गरेका थिए।
प्रकाशित: ५ वैशाख २०८३ १८:३९ शनिबार




-600x400.jpg)
