अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौट हाल चौतर्फी आलोचना तथा गाली खाइरहेकी छन्। उनले हालै दिल्लीको जन्तर मन्तरमा विद्यार्थीद्धारा गरिएको प्रदर्शनकारी माहिलाहरुलाई ‘गटर जनरेशन’ तथा अभद्र शब्दको प्रयोग गरेपछि विवाद सुरु भएको हो।
कंगनाको यो अभिव्यक्तिपछि उनलाई बलिउड कलाकारदेखि राजनीतिज्ञहरुले समेत आलोचना गरिरहेका छन्। जनताहरुले कतिपय स्थानमा उनको तस्बिरमा आगो लगाएर असन्तोष जनाइरहेका छन्। बिजेपीकी सांसद समेत रहेकी कंगनालाई भने ककरोच जनता पार्टीका प्रवक्ता सौरव दास भने उनको उक्त अभिव्यक्तिलाई कुनै खास प्रतिक्रिया जनाएनन्। तर कंगनालाई अन्य कतिपयले गाली गरिरहेका छन्। यही मध्ये अभिनेता सोनू सूदले भने कंगनाको उक्त अभिव्यक्तिलाई लिएर सोचविचार गरेर मात्र बोल्नु पर्ने उल्लेख गरेका छन। विशाल ददलानी तथा साखी सावंनलगायतका कलाकारले उनको आलोाचना गरेका छन्।
त्यही कंगनाको आलोचना संसदसम्म पुगेको छ। उनलाई आम जनता पार्टीमा सांसद सञ्जय सिंहले अप्रत्यक्ष रुपमा आलोचना गरेका छन्। नाम लिइ उनले बिजेपिको एक सांसद भन्दै उनले भने–‘ उहाँहरूकी एक सांसद छिन्। किसान आन्दोलनका बेला उहाँले किसानहरूलाई गाली गर्नुभयो। युवाहरूको आन्दोलनका क्रममा पनि युवाहरूविरुद्ध अत्यन्तै अशोभनीय टिप्पणी गर्नुभयो। माननीय सभामुखज्यू, उहाँले यस सदनभित्र जे भन्नुभयो, म त्यो यहाँ दोहोर्याउन पनि सक्दिनँ।ू
उनले थपे, ‘हाम्रा छोरीहरूको चरित्रमाथि पनि प्रश्न उठाइयो।‘
आफ्नो त्यो सांसदलाई सम्झाउनु भनेर सिंहले संसदमा कुरा राखेका छन्।
आफ्नो सम्बोधनका क्रममा सिंहले भने, ‘अहिलेसम्म त उसलाई एउटा चड्कन मात्रै परेको छ। केवल पाँच वटा औँलाका डाम मात्रै परेका छन्। यस्ता कुरा गर्दै हिँड्यौ भने। यस देशका युवाहरूले तिम्रो सरकारलाई समातेर नाली ९गटर० मा फाल्ने काम गर्नेछन्।’
गत वर्ष कंगना यस्तै अभिव्यक्तिका कारण उनीमाथि विमानस्थलमा एक महिला सुरक्षा कर्मीले हाथ उठाएकि थिइन्।
प्रकाशित: १५ श्रावण २०८३ १४:४३ शुक्रबार





