२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

सेतो झुट

लघुकथा

"आज त देशैभर हल्ला छ सर!" मोहनले अफिसमा बसेका एकजना हाकिमसँग भने।

"कस्तो हल्ला, केकोबारे हल्ला?" हाकिमले अचम्म मान्दै साेधे।

"हाम्रो देशले विदेशीको भूमि मिचेको छ अरे नि सर?" मोहनले  प्रतिप्रश्न गर्‍याे।

"मोहन भाइ, तिमीले हावा कुरा नगर, कसले भन्यो त्यस्तो? अचेल एआईको जमाना छ उतै सुनेका हौला!" हाकिमले अलि अँध्यारो हुँदै भने।

"तर, सर आज पूरा बजारभरि प्रधानमन्त्रीले भनेकाे भन्दै समाचार आएकाे छ। " मोहनले जानकारी गराउन खोज्यो।

हाकिमले रिसाएझैं गर्दै भने, "आफूसँग पक्का प्रमाण नहुँदासम्म प्याच बोल्नु हुँदैन, बुझ्यौ कि नाइँ!"

अहिले अफिसमा मोहन र हाकिम मात्र थिए बाँकी स्टाफ नास्ता गर्न चिया पसलमा पुगेका छन्।

"सर! कृपया हजुर त नरिसाइबक्सियोस् मैले बजारभरि मानिसहरूले बताएको कुरा त भनेको छु। आफूले बनाएको होइन क्यारे।" मोहनले हाकिमलाई बिन्ती गर्दै भन्यो।

हाकिमले सामुन्ने भित्ताको टिभी खाेल्दै भने, "मसँग पनि पक्का प्रमाण छ प्रधानमन्त्रीले त्यस्तो नभनेको।" 

"त्यहाँ प्रधानमन्त्रीका प्रवक्ता भन्दै थिए एउटा पत्रकारले सोधेको प्रश्नको उत्तरमा "हजुरहरू प्रधानमन्त्रीले भन्दै नभनेका कुरा कसरी उठाउनुभएको छ? "

पत्रकारले फेरि जोड दिएर भन्दै थियो, "सर, प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको छ भन्नुभएको छ रोस्टमबाट।" 

उता उसकाे जवाफमा "प्रधानमनमन्त्रीले त्यस्तो भन्दै भन्नुभएको छैन।" प्रवक्ताले सफाइमा भन्दै थिए।

"ओहो सर, क्षमाप्रार्थी छु सहिद एआईकै छलकपट रहेछ!" मोहन यति भनेर बाहिर निस्कियो।

प्रकाशित: २५ जेष्ठ २०८३ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App