२९ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

चार नेपाली चलचित्र प्रदर्शनरत, कुनकाे कमाइ कति ?

चलचित्र विकास बोर्डले हाल सिनेमाघरहरूमा प्रदर्शन भइरहेका चार चलचित्रको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।

सोमबार नेपाली चार चलचित्र ‘लालीबजार’, ‘रोल न.१’ , ‘आइ एम जीत बहादुर’ र हालै प्रदर्शनमा आएको ‘जाँड’ को आइतबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको हो।

जहाँ वैशाख २५ देखि प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ ले असार २१ गतेसम्म नौँ करोड ३२ लाख नौँ हजार रुपैयाँको व्यापार गरेको छ, भने तीन लाख १७ हजार १२ वटा टिकेट बिक्री गरेको छ।

सोही अवधिमा चलचित्र ‘रोल न.१’ ले एक करोड ७४ लाख ८५ हजार रुपैयाँको व्यापार गरेको छ। भने ६९ हजार एक सय ६६ जनाले हेरेका छन्। उक्त चलचित्र जेठ १५ देखि सिनेमाघरमा आएको थियो।

अर्को तर्फ असार ५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘आइ एम जित बहादुर’ ले सोही अवधिमा ३१ लाख ३६ हजार रुपैयाँको कलेक्शन गरेको छ, भने नौँ हजार सात सय ४२ वटा टिकेट बिक्री गरेको छ।

असार १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘जाँड’ ले आइतबारसम्म एक लाख १६ हजार रुपैयाँको व्यापार गरेको छ। भने पाँच सय ६९ जनाले हेरेका छन्।

प्रकाशित: २२ असार २०८३ १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App