१८ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

जब गायकले दर्शकमाथि थुके ...

बलिउड गायक अर्पित बाला हैदराबादमा भएको कन्सर्ट विवादबारे पहिलोपटक सार्वजनिक रूपमा बोलेका छन्।  

कन्सर्टको क्रममा दर्शकमाथि थुकेको विवादमा उनले युट्युबमा भिडियो सार्वजनिक गर्दै बयान दिएका छन्।

हैदराबादको कन्सर्टमा गीत गाइरहेको बेला एक फ्यानले स्टेजतर्फ बोतल फ्याँकेपछि उनले दर्शकतर्फ थुकेको बताइएको छ। बोतलले आँखामा लागेपछि प्रतिक्रिया स्वरूप उनले थुकेका थिए।

उनले यो घटना रिस मात्र नभई सुरक्षासँग सम्बन्धित विषय भएको बताएका छन्। ‘मैले गरेको प्रतिक्रिया सही थिएन। तर, उसले फ्याकेको बोतल एउटा अपमान मात्र होइन, सुरक्षाको गम्भीर समस्या पनि हो।’, उनले भने।

अर्पितले आफ्नो व्यवहारप्रति पछुतो व्यक्त गर्दै भने, ‘दर्शकतर्फ थुक्नु हुँदैनथ्यो। मानिसहरूले बाहिर देखिने कुरा मात्र हेर्छन्, तर भित्र के भइरहेको छ, त्यो बुझ्दैनन्। म आफ्नो दर्शकका लागि काम गरिरहेको छु, तर गलत जानकारी फैलिँदा म चुप बस्न सक्दिनँ।’

उनले यस्ता खाले घटना अरु पनि सामना गरका छन्। सन् २०२४ मा भएको एक  कन्सर्टमा सिगरेटका टुक्रा, प्याकेट र भेपजस्ता वस्तुहरू उनी र उनका आफन्तमाथि फ्याँकिएको थियो।

सन् २०२५ मा गीत ‘बरगद’ भाइरल भएपछि उनी एक्कासी धेरै चर्चित बनेका थिए।

प्रकाशित: १८ चैत्र २०८२ १७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App