२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

जब मोडलले श्रीमानमाथि ‘लभ जिहाद’को आरोप लगाइन्

मिस इन्डिया अर्थ सन् २०१९ की पूर्व मोडल सयाली सुर्वेले  श्रीमान आतिफमाथि जबरजस्ती धर्म परिवर्तन गराएको आरोप लगाएकी छिन्। पत्रकार सम्मेलन गर्दै उनले श्रीमानले शारीरिक तथा मानसिक यातना दिएको बताएकी हुन्।

लामो समयसम्म सम्बन्धमा बसेकी मोडेलले २०१९ मा आसिफसँग विवाह गरेकी थिइन्। विवाहका लागि इस्लाम धर्म स्वीकार गर्नु परेको र आफ्नो नाम परिवर्तन गरी अतीजा राखिएको उनले बताइन्।

यस्तै, विवाहपछि पति र परिवारले इस्लामिक नियम पालना गर्न दबाब दिएका र धेरै पटक दुर्व्यवहार तथा कुटपिटको सामना गर्नुपरेको उनले बताइन्।

सम्बन्ध जोगाउन धेरै प्रयास गरेपनि निरन्तरको हिंसाले  सम्बन्धबाट अलग हुनुपरेको उनले बताइन्। यस्तै, उनले आफ्नो अनुभवलाई ‘लभ जिहाद’ को घटना भएको बताएकी छन्।

सयालीले पतिविरुद्ध मुंबईमा उजुरी दर्ता गराएकी छन्। हाल उनी सुरक्षा कारणले पुणेमा बसिरहेकी छन् र प्रहरीले त्यहीँ गएर उनको बयान लिने तयारी गरेको बताइएको छ।

हिन्दू संगठनहरूको सहयोगमा उनले पुनः हिन्दू धर्म अपनाएकी छन्। यसका लागि हवन तथा शुद्धिकरण विधि गरिएको बताइएको छ।

हाल सयाली र आतिफका चार सन्तान छन्। उनीहरूले पहिला मुस्लिम नाम राखेका भए पनि अहिले ती नामहरू परिवर्तन गरिएको बताइएको छ।

प्रकाशित: २७ फाल्गुन २०८२ १४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App