२ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

के हो चलचित्र ‘काला हिरण’ विवाद ?

सलमान खानले आफूसँग सम्बन्धित मानिएको चलचित्र ‘काला हिरणः द ब्याटल फर लेगेसी’ को प्रदर्शन र प्रचारप्रसार रोक्न माग गर्दै दिल्ली उच्च अदालतमा निवेदन दिएका थिए। तर फिल्मको  ट्रेलर भने शुक्रबार सार्वजनिक भएपछि उक्त विवाद झनै बढेको छ।

खानका अनुसार चलचित्रको कथा, पोस्टर, प्रचार सामग्रीले सन् १९९८ को कालो हरिण शिकार प्रकरणलाई आधार बनाएको देखिन्छ।

चलचित्रको प्रचार सामाग्रीमा देखीएको मुख्य पात्रको पहिरन, हाउभाउ, हिँड्ने शैली तथा विशेष गरि निलो ब्रेसलेट समेत सलमान खानसँग मिल्ने भएकाले दर्शकहरूले सजिलै उनलाई चिन्ने अवस्था रहेको दाबी गरिएको छ।

उक्त मुद्धामा दिल्ली उच्च अदालतले शुक्रबार चलचित्रका निर्माता अमित जानी, निर्देशक भारत श्रीनाथ तथा अन्य सम्बन्धित पक्षलाई नोटिस जारी गरेको छ। यस मुद्दाको अर्को सुनुवाइ १९ जुनमा हुने तय भएको छ।

सलमान खानले चलचित्रको प्रचार तथा प्रदर्शनले आफूबारे गलत धारणा फैलाउन सक्ने र अदालतमा विचाराधीन रहेको मुद्दामा असर पर्न सक्ने उल्लेख छन्।

त्यसैले अन्तिम फैसला नआउञ्जेल चलचित्रको ट्रेलर, पोस्टर, प्रचार सामग्री र प्रदर्शनमा रोक लगाउन माग गरेका थिए।

यता उक्त फिल्मका निर्माता अमित जानीले भने चलचित्र केवल सलमान खानको जीवनमा आधारित नभएको बताएका छन्। उनका अनुसार चलचित्रले बिश्नोई समुदायको संघर्ष, सांस्कृतिक विरासत र वन्यजन्तु संरक्षणप्रतिको समर्पणलाई पनि प्रस्तुत गर्छ।

सन् १९९८ मा जोधपुरमा चलचित्र ‘हम साथ–साथ हैं’ को छायांकनका क्रममा कालो हरिण शिकार गरेको आरोपमा सलमान खानविरुद्ध मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दा हाल राजस्थान उच्च अदालतमा विचाराधीन रहेको छ र यसको अर्को सुनुवाइ १३ जुलाई २०२६ मा हुने तय गरिएको छ।

सलमान खानले अदालतसमक्ष विवादको अन्तिम टुंगो नलागेसम्म चलचित्रसँग सम्बन्धित कुनै पनि टिजर, ट्रेलर, पोस्टर वा अन्य प्रचार सामग्रीको प्रकाशन, प्रसारण र सार्वजनिक प्रदर्शनमा रोक लगाउन तथा चलचित्रको प्रदर्शन समेत स्थगित गर्न माग गरेका थिए।

तर निर्माता अमितले सलमान खानको तर्फबाट प्राप्त कानुनी नोटिस सार्वजनिक रूपमा च्यातिदिएका थिए। उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उक्त नोटिसप्रति असहमति व्यक्त गरेका छन्।

प्रकाशित: ३० जेष्ठ २०८३ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App