२०२४ माम प्रदर्शनमा आएको एक्सन ड्रामा जनरामा आधारित चलचित्र ‘१२ गाँउ’ ले बक्स अफिसमा २० करोड रुपैयाँ बढीको कलेक्सन गर्यो। हाल यसको दोस्रो सिक्वेल दसैँको अवसरमा प्रदर्शनमा आएको छ।
तर पहिलो श्रृंखला भन्दा दोस्रोले अपेक्षित व्यापार भने गर्न नसकेको देखिएको छ। विराज भट्टकै निर्देशनमा तयार ‘१२ गाँउ २’ ले प्रदर्शनको १७ औँ दिनमा तीन करोड रुपैयाँ समेत कलेक्सन गर्न सकेको छैन्। चलचित्र विकास बोर्ड अनुसार यसले कार्तिक १५ गतेसम्म दुई करोड २९ लाख रुपैयाँको कलेक्सन गरेको छ भने ७४ हजार आठ सय तीन वटा टिकेट बिक्री गरेको छ। जसले निर्माण टिमलाई निराश बनाएको देखिन्छ।
यही दिन असोज ३० गतेदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र ‘आ बाट आमा २’ ले सोही अवधिमा छ करोड २४ लाखको कलेक्सन गरेको छ। भने दुई लाख १३ हजार एक सय ९४ दर्शकले हेरेका छन्। यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्।
अर्को तर्फ असोज ३१ देखि प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ दिपेन्द्र लामा निर्देशित यो चलचित्रले सोही अवधिमा तीन करोड ३४ लाखको कलेक्सन गरेको छ भने एक लाख तीन हजार नौँ सय ७९ दर्शकले हेरेका छन्।
प्रकाशित: १६ कार्तिक २०८३ १३:४५ सोमबार





