१८ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

माछापुच्छ्रेमा ‘नेपाल स्रष्टा समाज’ को स्वागत

सिर्जना साहित्य सदन, घाचोक कास्कीले साहित्यिक सद्भावना यात्रामा रहेको नेपाल स्रष्टा समाजको टोलीलाई स्वागत गरेको छ।

माछापुच्छ्रे गाउँपालिकास्थित सदनका अध्यक्ष शिवप्रसाद पोखरेल लगायतले उक्त स्वागत गरेका हुन्।

उक्त स्वागत कार्यक्रममा अध्यक्ष पोखरेलले आफ्नो संस्थाको गतिविधिबारे प्रकाश पारेका थिए। उनले विचार आदानप्रदान र सिकाइ सेयर गर्ने अवसरको रूपमा कार्यक्रमको महत्त्व रहेको बताए।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले समाजका गतिविधिहरू र भ्रमणका उद्देश्यबारे जानकारी दिएका थिए।

लाेकप्रिय गायिका हरिदेवी कोइराला, नेपाल स्रष्टा समाज, गण्डकी प्रदेश संयोजक रीता न्यौपाने पहारी, सदनका उपाध्यक्ष पदम नेपाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।

सदनका सल्लाहकार सुर्यप्रसाद लम्सालले स्वागत गरे। कार्यक्रमको सञ्चालन सचिव राजाराम पोखरेलले गरे।

नेपाल स्रष्टा समाजको साहित्यिक सदभावना भ्रमणमा निस्केको टोलीमा अध्यक्ष रोदन, संरक्षक पवन आलोक, महासचिव प्रकाश घायल र सदस्यहरू - मधु पाठक, शंकर भारती, माधव विडारी र प्रदीप सापकोटा छन्।

आफ्नै जग्गा र त्यसमा बनेको भवन सहित सदनमा आफ्नै पुस्तकालय रहेको छ। सदनले सिर्जना नामक पत्रिका २२ औं अंकसम्म प्रकाशित गरिसकेको छ। यसका साथै साहित्यमा विभिन्न गतिविधि सहित क्रियाशील छ।

प्रकाशित: १८ चैत्र २०८२ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App