१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘हामी तीन भाइ’ प्रदर्शनमा

रामनवमीको अवसर पारेर शुक्रबारदेखि नेपाली चलचित्र ‘हामी तीन भाइ’ प्रदर्शन भएको छ। 

सामाजिक कथामा आधारित उक्त चलचित्रमा पारिवारिक सम्बन्ध र सामाजिक सन्देशलाई समेटेको निर्देशक मधुसुदन भट्टराईले जानकारी दिए।

उनले भने, ‘यो पूर्ण रुपमा पारिवारिक कथामा बनेको चलचित्र हो। चलचित्र तीन दाजुभाइमार्फत समाज र देशको अवस्थालाई चित्रण गर्न खोजिएको छ। यो स–परिवारले एकसाथ हेर्न मिल्ने चलचित्र बनेको छ।’

उनले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त भएकाले चलचित्र जुनसुकै उमेर समूहका लागि हुने बताए।  

उक्त चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाह्नवी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा (सरापे)लगायतका कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: १३ चैत्र २०८२ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App