१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

एक आँसुका लागि विद्या बालनले २८ पटक टेक दिइन्

बलिउड अभिनेत्री विद्या बालनको डेब्यू फिल्म ‘परिणीता’ अर्को हप्तादेखि पुनः हलहरूमा रिलिज हुँदैछ। यही फिल्मबाटै विद्याले बलिउडमा सुरुवात गरेकी थिइन्।यो फिल्मलाई दिवंगत प्रदीप सरकारले निर्देशन गरेका थिए। सुटिङको क्रममा आफ्नो अनुभव साझा गर्दै विद्याले बताइन् कि प्रदीप सरकारले सानो–सानो विवरणमा पनि निकै ध्यान दिन्थे।

विद्याले एउटा प्रसंग सुनाउँदै भनिन्, ‘एउटा गीतमा आँसु ठ्याक्कै सही लाइनसँग मिलाएर समयमा झार्न मैले २८ पटक री–टेक गर्नुपरेको थियो। यही परफेक्सन उहाँ (प्रदीप सरकार) चाहनुहुन्थ्यो। उहाँको मार्गदर्शनले मलाई हरेक विवरणलाई ध्यानपूर्वक हेर्न, बुझ्न र त्यसको सम्मान गर्न सिकायो। मेरी हेयर स्टाइलिस्ट शालका, जो २० वर्षदेखि मेरो साथमा छिन्, उनले पनि दादाबाट ब्यालेन्स र डिटेलिङको महत्व सिकेकी हुन्। यो उहाँको हामी सबैलाई दिएको उपहार थियो।’

पीटीआईसँग विद्याले भनिन्, ‘दादा (प्रदीप सरकार) मेरा सुरुवाती वर्षहरूमा सिकेका प्रत्येक कुराको जग थिए। उहाँको ध्यान सानोदेखि ठूलो विवरणसम्म असाधारण थियो। उहाँ केवल अभिनयमा मात्र होइन, परेवा उडाउने समय, वा झ्यालबाहिर पात ठ्याक्कै समयमा झर्ने समयसम्म पनि ध्यान दिनुहुन्थ्यो। उहाँको मान्यता थियो कि हरेक कुरामा एउटा रिदम हुन्छ।’

‘परिणीता’ शरतचन्द्र चट्टोपाध्यायको १९१४ को बंगाली उपन्यासमा आधारित थियो।मूल रूपमा ‘परिणीता’ जून २००५ मा रिलिज भएको थियो। फिल्ममा विद्या बालनसँगै सैफ अली खान मुख्य भूमिकामा थिए। एजेन्सी

प्रकाशित: ८ भाद्र २०८२ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App