३ माघ २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

सिंहासन

लघुकथा

युद्ध हुने निश्चित नै भयो। कौरवहरूले आफ्नो पक्षमा रहेका सबै राज्यसँग सैन्य सहयोग माग्न थाले। त्यतिन्जेल पाण्डवहरू भने युद्धको रणनीति तयार गर्न व्यस्त थिए।

त्यहीबेला भगवान् कृष्णले भन्नुभयो, “हे पाण्डवहरू, युद्ध  सेनाले मात्र होइन, विचारले जितिन्छ।”

धर्मराज युधिष्ठिरले नम्र स्वरमा भने, “आफन्त मारेर प्राप्त गरिएको राज्यको राजा हुँदा मुटु पोल्दैन र, कृष्ण?”

भगवान् कृष्ण मुस्कुराउँदै भन्नुभयो, “हे राजन्, ‘आफ्नो–पराइ’ भनेर सोच्नु सर्वसाधारण मानिसको धर्म हो। राज्य चलाउनेको धर्म त कर्तव्य हो। राजनीतिमा स्थायी मित्र हुँदैन, स्थायी शत्रु पनि हुँदैन। उत्तरदायित्व मात्र स्थायी हुन्छ। तपाईं राजा हुनुहुन्छ। अन्यायको पक्षमा उभिएको शक्ति पराजित नगरी धर्मको शासन सम्भव हुँदैन। पहिले सिंहासन प्राप्त गर्नुस्, त्यसपछि राज्यलाई आफ्नो विवेक र न्यायअनुसार चलाउनुहोस्।”

यसरी भगवान् कृष्णको विचारले महाभारतमा पाण्डवहरूको विजय सम्भव भयो।

कृष्णको त्यो वाक्य महाभारतमा मात्र सीमित नरहेर आज जित नै धर्म ठान्नेहरू पार्टी, सिद्धान्त र नैतिकता च्यातेर ‘सिंहासन’ को नाममा एकतामा झुमिरहेका छन्।

प्रकाशित: ३ माघ २०८२ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App