२० वैशाख २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

रुनेहरू दुनियाँ आफैंसँग राेओस् भन्छन्!

मुक्तक

१) मुक्तक

फिर्ता गर्नैपर्ने तिम्रो कुनै नासाे छैन

सुखी छु तर ओठमा कुनै हाँसाे छैन

घाउ निकाे भए तर खाटाहरू त अझै छन्

समय तिमीसित मेराे रत्तिभर गुनासाे छैन।

२) मुक्तक

के पाउला र खै मरेकाे लास उठाएर

सक्छौ  र निभाउन ढडेलाे सुकेकाे घाँस जुटाएर

दु:ख किन मान्छाै र अतीत बल्झाएर अब

अनजानमै आफ्नाे बास लुटाएर।

३) मुक्तक

कथा एकै थियाे व्यथा एकै थियाे

साँझबिहान ढाेका कुर्नु लेठा एकै थियाे

आनीबानी रूपरङ्ग उस्तै लाग्छ हेराइमा

मनभित्रका घाउ पनि के थाह एकै थियाे।

४) मुक्तक

रुनेहरू दुनियाँ आफैँसँग राेओस् भन्छन्

वेदनाका झट्काहरूले छाेओस् भन्छन्

पीडा पीडासित साट्नेहरूकाे लर्काे लामै हुन्छ

अपराधकाे धब्बा बाेक्नेहरू दुधले धाेओस् भन्छन्।

५) मुक्तक

सग्लाे चेहरा नखाेज टुक्रिएकाे दर्पणमा

बाेकेर दुर्भाग्यकाे बाेझ मनकाे खर्पणमा

दुःख नबिसाउ ढुङ्गासामु

खुसी हुँदैन त्याे समर्पणमा।

प्रकाशित: १९ वैशाख २०८३ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App