यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’ का मुख्य कलाकार सहित पोखरा पुगेको छ। फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारप्रसार व्यापक बनाउन कलाकार सहितको टिम पोखरा पुगेको हो।
पोखरा पुगेका विपना थापा,पल शाह, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेलका साथमा फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली पोखरा पुगेका हुन्। पोखरा पुगेसँगै निर्माण टिमले प्रेसमिट राखेको निर्माता रसालीले बताए।
उनका अनुसार पोखरामा फिल्मबारे थप जानकारी गराइएको हो।
सोमबार मात्रै यो फिल्मलाई केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट पाएको थियो।
फिल्मका निर्देशक चन्द्र पन्तले यस फिल्मलाई थप प्रचारप्रसारमा सघाउन भारतबाट आएर अभिनेत्री विपना थापा, अर्का अभिनेता प्रदीप रावतले जोडबल गरिरहेको बताए। विपना र प्रदीपका अलवा नेपालमा रहेका अभिनेता पल शाह, उषा उप्रेती, सिमरन पन्त पनि उत्तिकै लागेका छन्।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,गजित विष्ट, बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका छ।
निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर विष्ट र दिलिप ओखेडाको छ।
अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको यस फिल्मलाई नवराज उप्रेतीले खिचेका हुन्। फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी छ। यस फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन्।
फिल्मको सम्पादन मिलन श्रेष्ठको हो भने ट्रेलर र टिजरको काम साहिल खानले गरेका छन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको छ।
स्मरण रहोस्, यस फिल्ममा समावेश गीत लैजा खबर ए हावा र जाँदैछु नौडाँडा काटेर चर्चा छ। जुन गीतले ३० लाखभन्दा माथि भ्युज कमाइसकेको छ।
प्रकाशित: १४ माघ २०८२ ०७:४७ बुधबार





