४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘परिवर्तन’ चलचित्रकाे टाेली माई मेलादेखि कलेजसम्म

यही माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘परिवर्तन’ चलचित्रकाे टाेली प्रचारप्रसारमा व्यापक बनाउन थालेको छ। निर्माण टाेलीले कलकार लिएर यतिबेला पूर्वको झापामा फिल्मको प्रचार व्यापक बनाउन थालेको छ।

हरेक वर्ष माघे संक्रान्तिको अवसर पारेर झापाको कन्काई माई नदीमा लाग्ने मेलामा समेत प्रचारप्रसार गरेको गर्यो। लाखौं मान्छेको उपस्थिति हुने उक्त माइमेलामा फिल्मको प्रचार गरिएको थियो।

दर्शकसँगै कलाकारहरूले मनोरञ्जन प्रदान गरेका थिए। पछिल्लो समय यस चलचित्रको गीत ‘पाकेको चिउरी’ चर्चामा छ। यसै गीतमा कलाकार र उपस्थिति हजारौ दर्शकले नाचेर प्रचारप्रसारमा साथ दिए।

चलचित्रप्रति दर्शकको चासो पाएपछि चलचित्रका अभिनेता सुशील श्रेष्ठ,अञ्जना बराइली लगायतका कलाकार उत्साहित बने। फिल्मका निर्देशक विजय केरुङले हिजो माइमेलामा दर्शकको उपस्थितिले आफू अत्यन्त खुशी भएको बताए। उनले प्रचारप्रसार अझै तीव्रता दिन आज झापाका विभिन्न कलेज तथा स्कुलमा पुगेर विद्यार्थीसँग सात्क्षात्कार गर्ने बताए।

उनी भन्छन्, ‘चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रमोसनमा कुनै कसुर बाँकी राख्दैनौँ। हिजो माघ १ गते माइमेलामा हामीले दर्शकसँगै रमाइलो गयौँ। आज स्कुल र कलेजमा पुग्नेछौँ।’

पछिल्लो समय दर्शकले लोकलयमा आधारित यस चलचित्रको ‘पाकेको चिउरी’ मन पराइदिएका छन्। साथै यस चलचित्रको ट्रेलरलाई दर्शकले तीन दिनमा नै ११ लाखभन्दा बढीले युटुबमा हेरिसकेका छन्।

दर्शकप्रतिको चासोले चलचित्रका कलाकार तथा निर्माण पक्ष उत्साहित देखिन्छन्। यतिबेला पूर्वमा चलचित्रका निर्माता दीपक सिवाकोटी, निर्देशक विजय केरुङ,अभिनेता सुशील श्रेष्ठ,अञ्जना बराइली लगायतले थप प्रचार गरिरहेका छन्।

एक्सन हिरोका रूपमा छुट्टै पहिचान बनाएका अभिनेता सुशील श्रेष्ठ, हिट फिल्म दर्शकमाझ पस्किएकी अञ्जना बराइलीको केमेष्ट्रीले दर्शकमाझ फिल्मको छुट्टै हाइप बढाइरहेको छ। त्यसले पनि होला दर्शकले चलचित्रको टिजर, ट्रेलरका साथै गीत मन पराइदिएका छन्।

चलचित्रको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठलको डाइलक ‘पारसलाई मन परे दरबार, मन नपरे तलवार’ चर्चाको विषय बनेको छ। सामाजिक सञ्जाल तथा टिकटकमा यसको भिडियो बनाउने पनि उत्तिकै बढेको देखिन्छ।

एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्ध प्राथमिकताका साथ प्रस्तुत गरिएको यो चलचित्रले सत्ताको पावरमा नेपालले गर्ने प्रवृतिलाई प्रस्तुत गरेको देख्न सकिन्छ।

अभिनेता सुशील श्रेष्ठको सशक्त एक्सनले दर्शकमाझ बेग्लै कौतुहल प्रदान गरेको छ। चलचित्रमा सुशील र अञ्जनाका अलवा सरोज खनाल, करिश्मा मानन्धर,बुद्धि तामाङ,हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका छ।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा दीपक सिवाकोटीको कथा तथा लगानी छ। चलचित्रको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका छन्। चलचित्रको गीतमा रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत, श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ। साथै चलचित्रको सम्पादन बन्दे प्रसादले गरेका छन्। चलचित्रलाई आरआर फिल्मस्ले वितरण गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ।

प्रकाशित: २ माघ २०८२ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App