गायिका एलिना चौहानले आफ्नो हालैको अमेरिका साङ्गीतिक भ्रमणको क्रममा आयोजकहरूबाट आफूसहित अन्य कलाकारहरूले अपमान भोग्नु परेका बताएकी छिन्।
उनले आयोजकहरूले आफूसहित अन्य कलाकारले अशोभनीय र नोकरजस्तो व्यवहार भोग्नुपरेको बताएकी छिन्। सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले अमेरिका भ्रमणबाट ठूलो सिकाइ मिलेको बताइन्।
फेसबुक मार्फत एलिनाले लेखेकी छिन्, ‘जस्तो छ, त्यस्तै भन्छु। यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो। कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो। एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन। कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ।’
चौहानले आफूलाई भएको नराम्रो अनुभवले धेरै कुरा सिकाएको बताउँदै अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् भन्ने आशय व्यक्त गरेकी छिन्।
प्रकाशित: ११ कार्तिक २०८२ ०८:३० मंगलबार


-600x400.jpg)


