गायकद्वय शिशिर योगी र ज्ञानु राणाले गाएकाे ‘इतरी’ गीत सार्वजनिक भएको छ।
गीतकार रत्नसमशेर थापाको गीतलाई नारायणगोपालको सङ्गीत र नोर्बु छिरिङको सङ्गीत संयोजनले जीवन्तता प्रदान गरेकाे छ। कृष्ण पुनले गीतको मिक्सिङ र मास्टरिङ गरेका हुन्। वर्ल्डकभर मिडियाको पोष्ट प्रडक्सनमा निर्माण भएको यो भिडिओ लोकेश भाटको सम्पादन एवं ग्राफिक्समा तयार भएको हो।
म्यूजिक नेपालमा रेकर्ड भएकाे उक्त गीतले युवायुवतीकाे प्रेमिल भावना प्रस्तुत गरेको छ।
प्रकाशित: १० मंसिर २०८२ १३:२० बुधबार





