२९ कार्तिक २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

सधैंभरि मुटमाझ दुखिरहन्छ याद!

मुक्तक

१) मुक्तक

आँखाकाे वरिपरि घुमिरहन्छ याद

मनको डायरीमा लुकिरहन्छ याद

हर्षले हाे या बिस्मातले खै के भनूँ,

सधैँभरि मुटमाझ दुखिरहन्छ याद।

२) मुक्तक

गरीब हाेस् या धनी सबैको कुरा सुन्नुपर्छ

रायसुझावलाई स्वीकार्दै मनमा गुन्नुपर्छ

जीवनमा भाेगेका अनुभवलाई सँगाल्दै,

छिन्नभिन्न भएको सम्बन्धलाई तुन्नुपर्छ।

३) मुक्तक

हामीबीच अझै एक बात बाेल्न पाए पुग्छ

मुसुक्क हाँस्दै मुस्कान दिँदै माया लाए पुग्छ

फेरि-फेरि आपसमा भेट हुने हाे कि होइन

सधैँभरि तिम्रो मनमुटुमा खुसी छाए पुग्छ।

४) मुक्तक

शिशिर याममा फूल्ने सुगन्धित फूल हौ तिमी

मायापनकाे प्यासलाई मेटिदिने मूल हौ तिमी

आफ्नो सारा जीवन नै पराईलाई सुम्पिएर,

अधुरो यात्रा पार गराई दिने पक्की पुल हौ तिमी।

५) मुक्तक

जस्तै दु:खलाई पनि सुखकाे अनुभूति देखाउँछौ बाबा

सन्तानकाे लागि भाेक सएर हामीलाई हँसाउँछौ बाबा

मूर्ति त मूर्ति नै हाे वास्तविक भगवान् भने तिमी नै हौ,

त्यसैले त कठिन अवस्थामा पनि सन्तान बचाउँछौ बाबा।

७) मुक्तक

मनमुटुमा तिमीलाई सजाई राख्न पाए हुन्थ्यो

जीवनभरि मेरै अँगालोमा बेरिन आए हुन्थ्यो

हृदयमा नमेटिने गरी तिम्रै नाम लेखेकाे छु मैले

तिम्रो सिउँदोमा मेरै नामको सिँदुर लाए हुन्थ्यो।

८) मुक्तक

आम्दानीकाे स्राेत भए पनि नभए पनि जीविका चल्नुपर्छ

अन्नपात घरमा हुँदै नभए पनि जसाेतसाे चुलो बल्नुपर्छ

खेतीकाे काम नगर्नेलाई के थाहा श्रम र पसिनाकाे मूल्य,

पानीझरीले खेतबारी भिझ्दै नभिझे पनि  अन्न फल्नुपर्छ।

९) मुक्तक

सबैकाे प्यारो बन्नलाई  मन भित्रकाे चाख चाहिन्छ

सुखकाे जिन्दगी बिताउन विश्वासिलो काख चाहिन्छ

दुश्मन सामु वेदना लुकाएर हाँस्न पनि  सकिन्छ तर,

दुनियाँलाई खुसी दिलाउन  रूपैयाँकाे लाख चाहिन्छ।

१०) मुक्तक

काँचकाे चुरा चुकेसरी चुक्न नपराेस् जिन्दगी

कसैकाे डर त्रासदेखि लुक्न नपराेस् जिन्दगी

आत्मबललाई  कम्जोर ठानेर कदापि पनि

ती दुष्टहरूकाे सामु त झुक्न नपराेस् जिन्दगी।

राजकुमार राजभण्डारी

प्रकाशित: २९ कार्तिक २०८३ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App