नेपाली चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदैछ । बलियो लाइनअप रहेको यो चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा विजय बराल छन् ।
विजय तीनै अभिनेता हुन्, जो ब्लक बस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा थिए । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णबहादुर गन्दर्भको भूमिकामा देखिएका उनको अभिनयको चौतर्फी तारिफ भएको थियो ।
‘पूर्ण बहादुरको सारङ्गी’ नेपालमा हालसम्मै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने चलचित्र हो । जसले नेपाल भित्र र बाहिर गरेर करिब पौने एक अर्बको ब्यापार गरेको थियो । यो ऐतिहासिक चलचित्रका तीनै मुख्य पात्र विजय बरालको अर्को चलचित्र ‘जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’ भदौ ६ मा रिलिज हुँदै छ ।
‘पूर्ण बहादुरको सारङ्गी’पछि विजय मुख्य भूमिकामा रहेको चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ हो । यो चलचित्र रिलिज हुुँदा ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता विजयको रापतापले काम गर्ला कि नगर्ला भन्ने धेरैमा कौतुहलता छ ।
निर्माण पक्ष यो पनि परिवारका सदस्यबीचको इमोस्नल कथा नै रहेको र गाउँले परिवशेषकै कथा भएकाले दर्शकले मन पराउनेमा निर्देशक हिमाल न्यौपाने ढुक्क छन् ।
गाउँलेकै कथा, गरिबीकै कथा, परिवारका सदस्यसँगकै इमोस्नल सम्बन्ध र उही अनुभवी पात्र भएकाले विजयको अघिल्लो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ लाई जस्तै दर्शकले मन पराउने अभिनेता विजय बरालको विश्वास छ ।
हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ चलचित्रको असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
राउतले यसअघि ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निभाएका थिए भने अहिले निर्देशनतर्फ पाइला चालेका छन् ।
चलचित्रमा विजयसँगै मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
प्रकाशित: २७ श्रावण २०८२ ११:३३ मंगलबार





